मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया पत्नीलाई बेचबिखन गरेको आरोपमा प्रहरीले २४ वर्षीय पतिलाई भदौ २५ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०७४ जेठमा भारतको सिमलामा मजदुरी गर्न जाउँ भनी लगेको एक महिनामा भारतको बैङ्गलोर पुर्याई त्यहाँ २ लाख २० हजार भारतीय रूपियाँमा बेचेको लिखित उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।
उजुरीमा आरोपितले बेचेको ठाउँमा आफूलाई बैङ्गलोरमा किन्ने व्यक्तिले एक महिना बन्धक बनाई राखेको अवस्थामा भारतको अहमदाबादमा मजदुरी गर्ने आफ्नो दाजुले उद्धार गरी नेपाल ल्याएको उल्लेख गरिएको छ ।
मानव बेचबिखन मुद्दामा उजुरी आए लगतै अदालतले बकपत्र लिने नियम अनुसार पीडितले एक वर्षीय छोरा समेतलाई २ लाख २० हजार भारतीय रूपियाँमा बेचेको बताएकी छन् । आरोपितले पनि प्रहरीले गरेको प्रारम्भिक सोधपुछमा साविती बयान दिएको जनाएको छ ।
पीडित महिलाले दाजुको संरक्षणमा अहमदाबादमा बसेर नेपाल फर्के लगतै ०७४ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएकी थिइन् । उजुरी त्यतिबेला परे पनि भरखरै मात्र घर आएको सूचनाको आधारमा प्रहरीले गिरफ्तार गरेको हो ।
अमर सुनार
सम्बन्धित समाचारहरू
समाचारको प्रभावः महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बिमा
बारबर्दिया नगरपालिकाभित्र रहेको महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा गराउने भएको छ । नगरपालिकाभित्र रहेका रहेका १ सय ३० जना महिला स्वास्थ्य स्वयंसेविका गराउने भएको हो । बारबर्दिया नगरपालिकामा रहेको…
मेयरद्वारा पत्रकारलाई धम्की
धरान उपमहानगरपालिका-१६ का ४० वर्षीय पत्रकार गोपाल दाहाल र धरान उपमहानगरपालिका-१७ का ४९ वर्षीय पत्रकार जनक ऋषि राईलाई धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङ्गले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको धम्कीप्रति पत्रकारहरूले विरोध…
मानव बेचबिखन गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
१२ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुरमा बर्दिया जिल्ला अदालतले भारत देशको सिउपुर लौकाहीका १९ वर्षीय मो. यूनस साइलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका…
दृष्टिबिहिनलाई बिहान बेलुकाको छाक टार्नै समस्या !
छेडागाड नगरपालिका–१ का दृष्टिबिहिन तिलक बस्नेतलाई बिहान बेलुकाको छाक टार्न समस्या भएको छ । स्थानीय सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता रकम आउन छोडेपछि उहाँलाई बिहान बेलुका चुलो बाल्न समस्या…
बलात्कार घटनाका आरोपित गरिफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय सौतिनी बाबुलाई मङ्सिर १८ गते गिरफ्तार गरेको प्रहरी वृत्त बौद्धकी असई हस्तीकुमारी बस्नेतले बताउनु भएको छ । पीडित बालिकालाई आरोपितले दुई…