मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारत लैजाँदै गरेको अवस्थामा साना हातसँगको सहकार्यमा प्रहरीले बेलहिया नाकाबाट साउन ८ गते दिउँसो उद्दार गरेको छ भने तीन जना आरोपितलाई गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेमा रुपन्देही जिल्ला लुम्बिनी सांस्कृतिक नगरपालिका-१ का २३ वर्षीय सर्वेश कहार, सोही ठाउँकै २० वर्षीय टेगाने भन्ने सन्दिप कहार र २६ वर्षीय राजमन लोधलाई साउन ८ गते आरोपितको घरबाटै गिरफ्तार गरेको छ ।
पीडित महिलाहरूलाई आरोपितले राम्रो जागिर लगाइदिने र कमाई राम्रो हुने भनी ललाईफकाई बेचबिखनका लागि लैजान लागेको आरोपमा युवतीको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डिएसपी कुमोध ढुङ्गेलले बताए ।
आरोपितविरूद्ध साउन ८ गते नै मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी उजुरी दर्ता गरी कारबाही अगाडि बढाइएको डिएसपी ढुङ्गेलले बताए ।
रीमा बिसी
सम्बन्धित समाचारहरू
पत्रकार महासंघका जिल्ला अध्यक्षमाथि चक्कु प्रहार, घटनाका आरोपित गिरफ्तार
खप्तडछान्ना गाउँपालिका–७ गोरखाली निवासी नेपाल पत्रकार महासंघ, बझाङ शाखाका अध्यक्ष ३३ वर्षीय ललितबहादुर सिंहमाथि ०८१ माघ २८ गते राति धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले मष्टा गाउँपालिका–४ का…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खप्तडछान्ना गाउँपालिका–७ बेडुपाटाका ३४ वर्षीय विरेन्द्र रोकायालाई ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ ३० गते बलात्कार…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…