मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार, पीडित महिलाको उद्धार
२१ वर्षीया दुई जना, १९, वर्षीया, २४ वर्षीया, २५ वर्षीया र २६ वर्षीया ६ जना महिलाहरूलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै दुवई लैजाँदै गरेको अवस्थामा केआई नेपाल र माइती नेपालको सहयोगमा रूपन्देही प्रहरीले बेलहिया नाकाबाट मङ्सिर १२ गते उद्दार गरेको छ ।
आरोपितले पीडित महिलाहरूलाई प्रलोभन देखाएर बेचबिखनको लागि विदेश पठाउन लागेको प्रहरीको आरोप छ ।
बेचबिखन कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका-४ छिपागढकी ४० वर्षीया कौशिल्या कहारलाई बेलहियाबाट गिरफ्तार गरेको छ । काठमाडौँ नयाँ बसपार्कका अन्दाजी ३५ वर्षीय राजु क्षेत्री फरार रहेको प्रहरीले जनाएको छ ।
विदेश जान हिँडेका महिलाहरूसँग वैदेशिक रोजगारीमा जाँदा चाहिने पासपोर्ट, नागरिकतालगायतका कागजात केही पनि नभएको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।
२१ वर्षीया दुई जना महिलालाई बेचबिखन गर्न खोजेको घटनाका आरोपित सिर्द्धार्थनगर नगरपालिका-१ बेलहियाका ४३ वर्षीय रामअवध गुप्ता, सिनपा-१३ हाटबजारका २९ वर्षीय सन्तोष मौर्यलाई मङ्सिर १३ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
नुवाकोटको त्रिशुली स्थायी घर भई काठमाडौँ गङ्गबु बस्ने अन्दाजी ४० वर्षीया दीपा भण्डारी मगर फरार रहेको प्रहरीले जनाएको छ ।
आरोपितले पीडितद्वयलाई महिनाको १ लाख कमाई हुने भन्दै प्रलोभन देखाएर होटलमा राखेर बलात्कार गरेको आरोप छ । पीडितद्वयको स्वास्थ्य परीक्षण मङ्सिर १२ गते नै भिम अस्पताल भैरहवामा गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।
रीमा बि.सी.
सम्बन्धित समाचारहरू
कोशी प्रदेशमा खुल्लातर्फ चार सय बढी र नियमिततर्फ ८० हजार बढी परीक्षार्थीले एसइई दिँदै
न्यूनतम कक्षा आठ उत्तिर्ण गरेका (खुल्ला परीक्षार्थी) सहित कोशी प्रदेशबाट ८० हजार ९ सय ३४ जना परीक्षार्थीले यस वर्षको (कक्षा १० को परीक्षा) एसइई परीक्षा दिई रहेका छन् । आज…
बाल सुधारगृहको समस्या समाधान गर्न इन्सेकद्वारा प्रशासनमा ज्ञापनपत्र
विराटनगर महानगरपालिका-३ स्थित बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न इन्सेकले ज्ञापनपत्र बुझाएको छ । बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालय, ओरेक, सिविन नेपाल लगायतका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
५८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा वीरगञ्ज उपमहानगरपालिका-३२ चोर्नि टोल का ४० वर्षीय मेघनाथ यादबलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई चैत ३ गते घरमा बसिरहेको अवस्थामा…
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…