मानव बेचबिखन गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला

  ०८१ मङ्सिर २० गते

१२ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुरमा बर्दिया जिल्ला अदालतले भारत देशको सिउपुर लौकाहीका १९ वर्षीय मो. यूनस साइलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर १९ गतेको इजालसले कसुर ठहर गर्दै तीन वर्ष ६ महिना कैद सजाय र २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार कपिल पौड्यालले जानकारी दिनुभयो ।

बालिकालाई ०८१ वैशाख २८ गते बेचबिखन गर्न लगेको भन्दै पीडित पक्षले वैशाख ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । साइलाई प्रहरीले वैशाख २८ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण वैशाख २८ गते बर्दिया अस्पताल, गुलरियामा भएको थियो ।


प्रकाश पौडेल