मानव बेचबिखन कसुर ठहर गर्दै १५ वर्ष कैदको फैसला

  ०८० जेठ २५ गते

१४ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुर ठहर गर्दै जिल्ला अदालतका न्यायाधीश  जगतबहादुर पौडेलले जेठ २२ गते राजपुर गाउँपालिका–७ की ३० वर्षीया सृया भनिने शान्ति थापा मगरलाई १५ वर्ष कैदको फैसला गरेको छ ।

कैदसँगै १ लाख रूपियाँ जरिबाना, २ लाख रूपियाँ पीडितलाई राहत दिने  पीडित राहत कोषमा २ हजार २ सय रूपियाँ उपलव्ध गराउने फैसला गरेको  स्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले बताउनु भयो ।

पीडितलाई आरोपितले  ०७९ पुस २६ गते प्रलोभन देखाएर बेचबिखन गरेको भन्दै पीडित पक्षले पुस २६ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएका थिए ।

बालिकालाई भारततर्फ लैजादै गर्दा भैसाही नाकाबाट प्रहरीले पुस २६ गते गिरफ्तार गरी माघ १९ गते मानव बेचबिखन तथा ओसारपसार सम्वन्धी मुद्दा दर्ता गरेको थियो ।

बालिकाको स्वास्थ्य परीक्षण  पुस २६ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको थियो ।


जयनारायण पुन