मानव बेचबिखनको कसुरमा १० वर्ष ६ महिना कैद सजायको फैसला

  ०७९ असोज ३ गते

१७ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुरमा जिल्ला अदालतले रत्नगर नगरपालिका–१० की ३१ वर्षीया अनिता भन्ने अस्मिता तामाङलाई १० वर्ष ६ महिना कैद सजाय हुने फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायधीश रितेन्द्र थापाको इजलासले असोज २ गते उक्त फैसला सुनाएको अदालतका सूचना अधिकारी ईश्वर आचार्यले बताउनुभयो ।

पीडित बालिकालाई ०७७ माघ १८ गते बेचबिखनका लागि लगेको भन्दै पीडितका आफन्तले अनिता तामाङविरुद्ध ०७९ माघ२९ गते इलाका प्रहरी कार्यालय रत्ननगरमा उजुरी दिएका थिए ।

घटना लगत्तै फरार रहेकी अनितालाई प्रहरीले अझै गिरफ्तार गरेको छैन । अनिताविरुद्ध प्रहरीले फागुन २० गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।


दिपेन्द्र अधिकारी