मानव बेचबिखनको आरोपमा गिरफ्तार
तीन जना बालवालिकाहरुलाई बेचबिखन गर्न लैजादै गरेको आरोपमा सुनकोशी गाउँपालिका ७ पाङग्रेटारका ४२ वर्षीय भोला सुनार गहतराजलाई मङ्सिर १० गते प्रहरीले गिरफ्तार गरेको छ ।
आरोपितले मेलम्ची नपा–५ सिन्धुकोटबाट १२, १३ र १५ वर्षीया बालिकाहरूलाई बेचबिखन गर्ने उद्देश्यले मङ्सिर १ गते काभ्रे जिल्लाको धुलिखेलमा पुर्याएको पीडित पक्षको आरोप छ ।
बालिकाहरूलाई बेचबिखन गर्न पोखरातर्फ लैजानको लागि धुलिखेलस्थित एक होटलमा राखेको अवस्थामा मङ्सिर ३ गते राति होटल सञ्चालकको सूचनाको आधारमा बालिकाहरूलाई प्रहरीले उद्धार गरेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर महेन्द्र दर्नालले बताउनुभयो ।
मानव बेचबिखनविरूद्ध पीडितका हजुरबुबाले मङ्सिर ४ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा उजुरी दिनुभएको थियो ।
घटनास्थल सिन्धुपाल्चोक भएकाले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सो घटनाको मुद्दाको मिसिल सहित अनुसन्धानका लागि मङ्सिर ५ गते इलाका प्रहरी कायालयमा पठाएको इलाका प्रहरी कार्यालय मुद्दा शाखाका हवल्दार भोजबाहादुर खत्रीले बताउनुभयो ।
खत्रीका अनुसार आरोपितलाई लुकिछिपी बसेको अवस्थामा धुलिखेल बजारबाट गिरफ्तार गरिएको हो ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन सास्ती
शुक्लाफाँटा नगरपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि त्यस क्षेत्रका ज्येष्ठ नागरिकहरुले सास्ती खेप्नुपरेको छ । सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित बनाउन सरकारले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता…
पहिरोले क्षति गरेको विद्यालय भवन मर्मत नहुँदा पठनपाठन प्रभावित
भीमदत्त नगरपालिका–९ मुसेट्टीस्थित सरस्वती आधारभूत विद्यालयको भवनमा ०८१ भदौ अन्तिम साता अविरल वर्षासँगै आएको पहिरोले विद्यालयको भवनमा क्षति पुर्याएपछि पठनपाठन प्रभावित भएको छ । सडक छेउमै सरस्वती आधारभूत विद्यालय छ…
यौन दुर्व्यवहार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा जिल्ला अदालत, कैलालीले धनगढी उपमहानगरपालिका–२ का हरीश कार्कीलाई कात्तिक २१ गते डेढ महिना कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश…
२० वर्ष मुनिका युवतीहरु आमा बन्दैः आमा र बच्चा जोखिममा !
कानुनले बाल विवाहलाई बर्जित गरे पनि जिल्लाका युवतीहरु सानो उमेरमा विवाह गरी आमा बन्दै आएका छन् । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्नु कानुन विपरित भए पनि जिल्लामा २०…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
भानु नपा–८ गैरीफाँटकी ३९ वर्षीया प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति ओमनारयण श्रेष्ठलाई कात्तिक २२ गते गिरफ्तार गरेको छ । घरायसी विवादमा प्रतिक्षालाई आरोपितले…