मानव बेचबिखनका घटनाका आरोपित गिरफ्तार

  ०७९ असोज १५ गते

२०,२५,२६ र २७ वर्षीया महिलालाई बेचबिखन गरेको आरोपमा प्रहरीले बर्दिया जिल्ला बाँसगढी नगरपालिका– ६ घर भई बर्दघाट नगरपालिका–४ का ३५ वर्षीय गोरख दमाईलाई असोज १३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असोज १२ गते बेचबिखन गर्ने उद्देश्यले भारत तर्फ लैजादै गर्दा नेपाल भारत सिमा नजिक पाल्हीनन्दन गाउँपालिका–१ महेशपुरबाट माइती नेपालको सहयोगमा युवतीहरुको उद्धार गरेको थियो ।

आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भोजराज पाण्डेले बताउनु भयो ।

घटनामा सङ्लग्न रहेको आरोपमा बर्दघाट नपा–४ का ३० वर्षीय अजित श्रेष्ठ, २८ वर्षीय जिवन विक र २९ वर्षीय सन्तोष विक फरार रहेकोले खाजी भइरहेको  डिएसपी पाण्डेले बताउनु भयो ।


नारायण पराजुली