मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

  ०७७ असोज २५ गते

१९, २३ र २४ बर्षीया युबतीलाई बेचबिखन गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला  तिलोत्तमा नपा– ८ का ४१ वर्षीय केशौराज न्यौपानेलाई  असोज २३ गते गिरफ्तार गरेको छ ।

तीन जना युवतीलाई भारत तर्फ लैजाँदै गर्दा माइती नेपालको सहयोगमा पाल्हीनन्दन गाँउपालिका– १ स्थित  नेपाल भारत सिमा गिरफ्तार गरी युवतीहरूको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजु लामाले बताउनु भयो ।

पीडित पक्षले आरोपित विरुद्ध असोज २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उनीहरूलाई असोज २३ गते आफन्तको जिम्मा लगाएको प्रहरीले जनायो ।


नारायण पराजुली