मानव बेचबिखनका आरोपित गिरफ्तार

२० वर्षीया, २३ वर्षीया र २८ वर्षीया महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर असोज ८ गते भारतको बाटो हुँदै दुबई र कुवेत लैजाँदै गरेको अवस्थामा गोरखपुरको नेपाल भारतमैत्री समाजले उद्धार गरी माइती नेपालको सहकार्यमा प्रहरीले असोज ९ गते राति उद्धार गरी नेपाल फर्काइएको छ ।

अरोपितहरू पोखराकी २९ वर्षीया लक्ष्मी नेपाली, देवदह नपा–६ शितलनगरका २७ वर्षीय धने खवास, काठमाडौँ कपनका ३० वर्षीय सोधन तामाङ र सिन्धुपाल्चोक चौताराका २८ वर्षीय इन्द्रबहादुर बिक रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चारैजना आरोपित फरार रहेको र फरार आरोपितको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डिएसपी कुमोध ढुङ्गेलले बताए ।


रीमा बिसी