मानव बेचबिखनका आरोपितविरुद्ध मुद्दा दर्ता
३८ र ३३ वर्षीया दुई जना महिलाहरूलाई राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर बेचबिखन प्रयास गरेको आरोपमा धादिङ जिल्ला निलकण्ठ नपा-१४, धुवाकोटका ४४ वर्षीय खेम बहादुर तामाङविरुद्ध चैत १ गते मुद्दा दर्ता गरिएको छ ।
पीडित महिलाद्वयलाई आरोपितले भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको अवस्थामा थ्री एन्जल्स नेपाल संस्थाका कर्मचारीको सहयोगमा प्रहरीले बेलहिया नाकाबाट फागुन २८ गते उद्दार गर्नुका साथै आरोपितलाई गिरफ्तार गरेको थियो ।
कुवेत जान हिडेका महिलाहरूसँग बैदेशिक रोजगारीमा जाँदा चाहिने पासपोर्ट, नागरिकता केही पनि नभएको र आरोपित र पीडित महिलाहरूबिचमा समेत राम्ररी चिनजानसमेत नभएकोले मानव बेचबिखनको लागि लैजान लागेको प्रहरीले जनाएको छ ।
पीडित महिलाहरूलाई रुपन्देहीको महिला पुर्नस्थापना गृहमा राखी परामर्श गरिरहेको र परिवारसँग सम्पर्कपछि फर्काउने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेले बताए ।
रीमा बि.सी.
सम्बन्धित समाचारहरू
कर्णाली प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिकः सार्वजनिक विद्यालयमा ‘पढ्दै कमाउँदै सिक्दै’
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले सार्वजनिक विद्यालयमा ‘पढ्दै कमाउँदै सिक्दै’ अवधारणा अगाडि बढाएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१…
अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरियोस्
अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरेर द्वन्द्वपीडितका सवाल सम्बोधन गर्न इन्सेकले माग गरेको छ । कल्याणपुर गाविसको बाँदरमुडे खोलामा यात्रुबाहक बसमा विद्युतीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ०८० जेठ २२ गते झड्केलो बुबाविरुद्ध पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुेरी दिनु भयो । पीडित बालिकाकी आमाले आफू आरोपित पतिसँग छुट्टिएर अलगै…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा जुम्लाको तिल गाउँपालिका-९ रासा घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटमोड बस्ने २३ वर्षीय दिनेशकुमार राउतलाई प्रहरीले ०८० जेठ २२ गते गिरफ्तार…
बलात्कार कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
३० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला भएको छ । न्यायाधिश दिवाकर भट्टको जेठ २२ गतेको आदेशले…