मानव अधिकार समितिको बैठकमा शिक्षा र स्वास्थ्यमन्त्री अनुपस्थित
शिक्षा र स्वास्थ्यमन्त्री नआउँदा अनशनरत डा. गोविन्द केसी सम्बन्धित विषय सामाजिक तथा मानव अधिकार समितिमा छलफल हुन नसकेको राससले जनाएको छ ।
समितिले साउन २३ गते उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ र स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाई डा. केसीको अनशन र जीवन रक्षाका बारेमा छलफलका लागि आज बिहान ११ बजे बोलाएको थियो ।
समितिका सभापति सुशीलकुमार श्रेष्ठले सम्बन्धित विषयका विभागीय मन्त्री समितिले बोलाएको बैठकमा नआएर छलफलको विषयलाई हल्का ९ङ्गबाट लिई सार्वभौम संसद्लाई अपमान गरेको बताए ।
उनले भने-‘‘केसीले उठाएका विषयलाई यसअघि नै सरकारले उचित हो भन्दै सम्झौता गर्ने, अनि कार्यान्वयन गर्न नसक्नुका समस्या के हो ?, १५ दिनदेखि ११ औँ पटक अनशन बस्ने अवस्था आउनुको कारण के हो ? भन्ने विषयमा छलफलका लागि समितिमा बोलाएको हो तर उहाँहरु नआउँदा हामीले समितिको अपमान सम्झेका छौँ ।’’
समितिले बोलाएको बैठकमा सहभागी हुन शिक्षामन्त्रीले शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ तथा स्वास्थ्य मन्त्रालयले प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठलाई पठाएको थियो ।
तर, समितिका सभापति श्रेष्ठले गम्भीर विषय भएकाले मन्त्रीलाई सहभागी हुन बोलाइएकाले कर्मचारीसँग छलफल नगर्ने भन्दै अर्को पटकका लागि उक्त विषयको छलफल स्थगित भएको जानकारी गराए ।
यही साउन २६ गते बस्ने समितिको अर्को बैठकमा अनिवार्य उपस्थित हुन दुबै मन्त्रीलाई समितिले निर्देशन पनि दिएको छ । डा. गोविन्द केसी चिकित्सा शिक्षा विधेयक संसद्बाट पारित हुनुपर्नेलगायतका माग राखी १५ दिनदेखि अनसनमा बसेका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
खानेपानीको अभाव भएपछि स्थानीयलाई सास्ती
आदर्श गाउँपालिका–६ खतेडा, सिल्ल, काडा र टोट्बिला गाउँका स्थानीय वर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका छन् । खानेपानी अभावका कारण यस क्षेत्रका स्थानीयहरुले वर्षेनी सास्ती खेप्नुपरेको छ । आदर्श गाउँपालिकामा झण्डै…
कारागारमा भौतिक संरचना जीर्ण रहेको कैदी र थुनुवाको गुनासो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको नेतृत्वमा ०८१ मङ्सिर २३ गते स्याङ्जा जिल्ला कारागारको अनुगमन गरिएको छ । ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा जिल्ला कारागार स्याङ्जाको…
लैङ्गिक हिँसाविरुद्ध एकजुट हुनुपर्नेमा जोड
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मङ्सिर २७ गते काठमाडौँमा ७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसकाे सन्दर्भमा लैङ्गिक हिँसा विरुद्धको १६ दिने अभियान अवस्था सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
अपाङ्गता हुनुभएकी ३७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मालारानी गाउँपालिका-८. हंसपुरका ४० वर्षीय खेतबहादुर घर्तीलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिबलाल पाण्डेयको ०८१ मङ्सिर…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालतले लमही नगरपालिका–१ का २९ वर्षीय नवराज भन्ने नमराज पोख्रेललाई १३ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका…