मानव अधिकार समन्वय समिति गठन नहुँदा नगरपालिका भित्र मानव अधिकार सुनिश्चिताको समस्या
मानव अधिकार कार्ययोजना कार्यान्वयनका लागि स्थानीय तह समन्वय समिति गठन हुन नसक्दा चौतारा सागाचोकगढी नगरपालिकामा मानव अधिकार सुनिश्चितताको समस्या भएको छ ।
मानव अधिकारसमन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना (आ.व. २०७७।७८-२०८१।८२) मा प्रत्येक स्थानीय तहमा कार्ययोजना कार्यान्वयनको सुनिश्चितताको लागि स्थानीय समन्वय समितिको व्यवस्था गरिएको छ । तर चौतारा सागाचोकगढी नगरपालिकामा स्थानीय तह समन्वय समिति गठन नहुँदा नगरपालिका भित्र मानव अधिकारको सुनिश्चिततामा समस्या देखिएको मानव अधिकारकर्मी मधुसुदन सापकोटाले बताउनु भयो ।
संयुक्त राष्ट्रसङ्घको मानव अधिकार सम्मेलनले सन् १९९३ मा सदस्य राष्ट्रहरूलाई मानव अधिकारको संरक्षण र प्रवर्द्धनको लागि कार्ययोजना तयार गरी प्रभावकारी रूपमा कार्यान्वय गर्न गरेको आव्हान स्वरुप नेपालमा अहिले मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना (२०७७-०८२) नेपाल सरकारबाट स्वीकृत भई कार्यान्वयनको चरणमा छ । तर स्थानीय तहले सो कार्ययोजना कार्यान्वयनका लागि समिति गठन नगर्दा समस्या देखिएको नेपाल बार इकाइका अध्यक्ष भूपेन्द्रबहादुर थिङले बताउनु भयो ।
मानव अधिकार सुनिश्चिततको लागि स्थानीय तह समन्वय समितिमा सम्बन्धित स्थानीय तह प्रमुख वा अध्यक्षको संयोजकत्वमा नौँ सदस्य समिति गठन गर्नु पर्ने व्यवस्था गरिएको छ । मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजनामा शिक्षा, स्वास्थ्य, खाद्य अधिकार, आवास, श्रम रोजगार तथा सामाजिक सुरक्षा, बाल अधिकार र बाल न्याय, सामाजिक न्याय, खानेपानी तथा सरसफाई, लक्षित वर्गको संरक्षण सशक्तिकरण र विकास, वातावरण र दिगो विकास, साँस्कृतिक अधिकार, कानुनी सुधार र न्याय प्रशासन, हिरासत तथा कारागार सुधार, सङ्क्रमणकालिन न्याय, मानव अधिकार शिक्षा, संस्थागत सुदृढिकरण जस्ता विषयवस्तु समेटिएका छन् ।
स्थानीय तह समन्वय समिति गठन गर्ने तयारीमा आफूहरू भएको, तर मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजनाले निर्दिष्ट गरेका विषयहरू नै नगरपालिकामा आफूले विषयगत योजना बनाएको चौतारा साचागेकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले इन्सेकलाई जानकारी दिनुभयो ।
नतिबावु धिताल
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…