मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ ।
७५ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा इन्सेक लगायतका बिभिन्न संघसंस्थाहरुको सहकार्य तथा राष्ट्रिय मानव अधिकार आयोग र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सयुक्त आयोजनामा मङ्सिर २४ गते धनगढीमा आयोजित कार्यक्रममा सो प्रतिबद्धता जाहेर गर्नुभएको हो ।
संवैधानिक अधिकार पाएका बिभन्न आयोगहरु, नागरिक समाज र राजनीतिक दलहरुले प्रदेश सरकारले निर्माण गरिका कानुनको निष्पक्ष र प्रभावकारीे अनुगमन गरी कार्यान्वयन गर्न दबाव दएिको अवस्थामा मानव अधिकार संरक्षण र सम्बद्र्धन तथा मर्यादित बनाउन सहयोग पुग्ने कानुनमन्त्री भट्टले बताउनु भयो ।
जिल्ला समन्वय समितिका अध्यक्ष खगराज भुषालले राज्य नागरिक समाज तथा संघसंस्थाहरुबीच समन्वय तथा सहकार्यको अभावमा मानव अधिकार संरक्षण गर्न चुनौती रहेको बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले राज्यले मानव अधिकारको क्षेत्रमा धेरै काम हुन बाँकी रहेकाले मानव अधिकार क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नु पर्ने र नागरिकहरुले पनि अधिकारसँगै कर्तव्यको पालना गर्नु पर्ने बताउनु भयो ।
युएनडिपीका सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख बैजन्ती गिरीले राज्य, नागरिक समाज र संघसंस्था बीच समन्वय तथा सहकार्य भए मात्र मानव अधिकार संरक्षण सम्भव हुने बताउनु भयो ।
सुदूरपश्चिम प्रदेश गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष देवी खनालले मानव अधिकार संरक्षण, संम्बर्धन गर्न सुदूपश्चिम प्रदेश सरकार गम्भिर नभएको आरोप लगाउनु भयो ।
एडभोकेसी फोरमका अध्यक्ष पुष्पविक्रम शाहीले जनप्रतिनिधिले पहुँचमा भएको आआफ्ना मान्छेलाई रोजगार दिदा दुरदराजका गरिब, विपन्न नागरिकले भारतमा असुरक्षित मजदुरी गर्न बाध्य हुनुपरेकोे बताउनु भयो ।
दलित महिला अधिकार मञ्चकी अध्यक्ष सावित्रा घिमिरेले राज्यले निर्माण गरेका कानुन प्रभावकारी कार्यान्वयन हुन नसक्दा मानव अधिकार उल्लङ्घन तथा महिला हिंसाका घटनामा बृद्धिको बताउनु भयो ।
अपाङ्गता भएका व्यक्तिहरुको विद्यार्थी संगठनका सदस्य बमबहादुर विश्वकर्माले अपाङ्गता भएका विद्यार्थीका लागि शिक्षा प्रणली नभएकाले उच्च शिक्षासम्म अध्ययन गर्न समस्या भएको र राज्यको बेवास्ताका कारण अपाङ्गता भएका बालबालिका समुदायमै पीडित भएको बताउनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख हरी ज्ञवालीले सुदूरपश्चिम प्रदेशमा मानव अधिकारको अवस्था र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव गंगाबहादुर खरेलले मानव अधिकार र राज्यको दायित्व विषयमा छुट्टाछुट्टै प्रस्तुतीकरण गर्नु भएको थियो ।
‘भविष्यमा मानव अधिकार सस्कृतिलाई एकिकृत र दिगो बनायौँ’ भन्ने मूल नारा सहित सरकारी तथा गैरसरकारी संघसस्थाका प्रमूख तथा प्रतिनिधि, पत्रकार तथा बुद्धिजिवीहरुको सहभागितामा धनगढी बजारमा प्रभात र्यालीको समेत अयोजना गरिएको थियो ।
मैनामोती चौधरी
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १४ दिन कैद सजायको फैसला
तीन वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-७ भाण्टाबारीका १५ वर्षीय बालकलाई १४ दिन कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश दीपककुमार खरेलको ०८१ भदौ २३…
उपचारका क्रममा एक थुनुवाको मृत्यु
मोरङ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका बेलबारी नगरपालिका-४ का ३४ वर्षीय मनिकुमार तामाङको उपचारका क्रममा भदौ २३ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । गोडा सुन्निने र मुटु सम्बन्धी…
बलात्कार गरेको कसुरमा तीन वर्ष सजाय फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सुन्दरहरैचा नगरपालिका-६ सीतापुरी टोलका ४८ वर्षीय ज्ञानबहादुर मगरलाई तीन वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश पारसमणि पोखरेलको ०८१…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका-१, ज्यामिरेका ४६ वर्षीय दुर्गाबहादुर सार्कीलाई प्रहरीले ०८१ भदौ २२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ १३ गते बलात्कार गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा कालिकोट जिल्लाको पचाल झरना गाउँपालिका–१, सिकुका २५ वर्षीय गोविन्द बोगटीलाई प्रहरीले ०८१ भदौ २२ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले साउन २५…