मानव अधिकार संरक्षण र सम्वर्द्धनमा वर्ष पुस्तकको महत्वपूर्ण भूमिकाः मुख्यमन्त्री
मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकको महत्वपूर्ण भूमिका रहेको प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेलले बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा फागुन ७ गते प्रदेश ३ को राजधानी, हेटौँडामा नेपाल आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को सार्वजनिकीकरण तथा प्रदेश ३ को मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
पौडेलले प्रदेश सरकार मानव अधिकारको पक्षमा अडिक रहेको बताए । मानव अधिकार रक्षा सरकारको दायित्व रहेको उल्लेख गर्दै संविधानले मानव अधिकार रक्षाको विषयलाई पूर्ण रूपमा सुनिश्चित गरेको बताए ।उनले मानव अधिकारसँग सम्बन्धित घटना पहिलेको तुलनामा अहिले सार्वजनिक हुने क्रम बढेको बताए ।
कार्यक्रममा प्रदेश ३ का मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले मानव अधिकार उल्लङ्घनका घटनाहरू टिपोट तथा सार्वजनिक गरेर इन्सेकले सरकारलाई सचेत गराएको बताए ।
उच्च अदालत बार एशोसिएशन हेटौँडाका अध्यक्ष युवराज ओलीले मानव अधिकार संवर्द्धनमा इन्सेकको भूमिका अतुलनीय रहेको बताए । इन्सेकद्वारा प्रकाशित नेपाल मानव अधिकार वर्ष पुस्तकको महत्व अन्तराष्ट्रिय स्तरमै रहेको उनको भनाई छ ।
प्रदेश ३ प्रहरी कार्यालयका एसपी दिपेन्द्र जिसीले प्रहरीबाट जानिबुझिकन कहिल्यै पनि मानव अधिकार उल्लङ्घन नहुने बताए ।
सामुदायिक वन उपभोक्त महासङ्घकी केन्द्रिय अध्यक्ष भारती पाठकले द्वन्द्वकालमा तल्लो तहमा पुगेर इन्सेकले घटनाहरूको सङ्कलन गरेको बताइन् ।
गैसस महासङ्घका केन्द्रिय सदस्य तथा प्रदेश ३ का इञ्चार्ज बुद्धशरण लामाले मानव अधिकार उल्लङ्घनका घटनाहरू दिनप्रतिदिन बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।
उद्योग वाणिज्य सङ्घ मकवानपुरका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले शाक्ति हुनेले नै मानव अधिकार उल्लङ्घन गर्ने गरेको आरोप लगाए ।
इन्सेक प्रदेश ३ का संयोजक कृष्ण गौतमले आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षका मानव अधिकार उल्लङ्घन घटनाहरूको समेत इन्सेकले विस्तृत रूपमा अभिलेख राख्ने गरेको बताए ।
साथै उनले प्रदेश ३ मा सन् २०१८ मा ८ सय १९ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा पीडित भएको जानकारी दिए ।
कार्यक्रममा सन् २०१८ मा कुशलतापूर्वक मानव अधिकार अनुगमन र प्रलेखन गरेकोमा प्रदेश ३ को उत्कृष्ट जिल्ला प्रतिनिधिको रूपमा दोलखा जिल्लाप्रतिनिधि उद्धवप्रसाद पोखरेलाई नगद पुरस्कार ७ हजारसहित प्रशंसा पत्रले सम्मान गरिएको छ।
इन्सेक अभियानमा दुई दशकदेखि आवद्ध रहेर काम गरी गत साउनबाट संस्थाको कामकाजबाट विदा लिएका मकवानपुरका प्रताप विष्ट र रौतहटका विपीन गौतमलाई इन्सेकले सम्मान गरेको छ । विष्ट र गौतमले संस्थाबाट विदा लिएपनि संस्थासँगको सहकार्यता र मानव अधिकारको क्षेत्रमा क्रियाशील रहिरहने बताएका छन् ।
प्रदेश ३ कार्यालय, काठमाडौँ
सम्बन्धित समाचारहरू
रोजगारीबाट पति घर नफर्किएपछि परिवारको बिचल्ली
भेरी नगरपालिका-११, महतारागाउँका अमृत टमटा रोजगारीको सिलसिलामा सात वर्षसम्म घर नफर्किएपछि परिवारको बिचल्ली भएको छ । सात वर्षअघि रोजगारीको सिलसिलामा मलेशिया गएका ४२ वर्षीय अमृत टमटा परिवारसग सम्पर्कविहिन भएपछि परिवार…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको आरोपमा दाङ जिल्लाको लमही नगरपालिका-५ का २१ वर्षीय रवि सिंह रसैलीलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । आरोपितले म्यसेजिङ…
बलात्कार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको कसूरमा जानकी गाउँपालिका—२ का ७१ वर्षीय गजबहादुर मगरलाई ०८१ माघ २३ गते १० वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत,…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–६, बोधवारका १६ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १३ गते बलात्कार गरेको भन्दै…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचखाल नगरपालिका–६ का २९ वर्षीय उमेश दनुवारलाई जिल्ला अदालतले ३ वर्ष कैद, ३० हजार रुपियाँ जरिबाना र घटना बाल विवाह भएको ठहर गरेको छ…