मानव अधिकार संरक्षणका लागि सरोकारवालाबिच सहकार्यमा जोड
इन्सेकद्वारा काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा मानव अधिकार संरक्षणका लागि सरोकारवालाबिच सहकार्यको आवश्यकतामा जोड दिइएको छ ।
इन्सेकले असार ८ गते आयोजना गरेको मानव अधिकार संरक्षणको सवालमा राष्ट्रिय मानव अधिकार संस्थाहरूसँग अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार संरक्षणका लागि समन्वय र सहकार्यका साथ अघि बढ्ने बताउनु भयो ।
उहाँले भन्नु भयो-'मानव अधिकार संरक्षणका लागि सहकार्य र समन्वयका लागि आयोग हरहमेशा तयार छ ।'
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले सहकार्यका साथ काम गर्दा सकारात्मक परिणाम प्राप्त हुने बताउनु भयो ।
राष्ट्रिय समावेशी आयोगकी सदस्य विष्णु ओझाले पहुँचका आधारमा न्याय निरूपण हुन नहुने बताउँदै सबैले न्याय पाउने वातावरण निर्माणका लागि राष्ट्रिय मानव अधिकार संस्थाहरूको सहकार्यमा जोड दिनु भयो ।
राष्ट्रिय दलित आयोगका सदस्य जिवछ यादवले सबै आयोग र मानव अधिकार संस्थाहरूले संयुक्त रूपमा काम गर्नु पर्ने बताउनु भयो ।
इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोग र अन्य आयोगले सरकारलाई गरेका सिफारिश कार्यान्वयनका लागि दबाब दिनु पर्ने बताउनु भयो ।
उहाँले भन्नु भयो-'मानव अधिकार संरक्षणका सवालमा सहकार्य र समन्वयका लागि राष्ट्रिय मानव अधिकार आयोगले नेतृत्व लिनु पर्दछ ।'
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बुढीगंगा नगरपालिकामा निर्वाचन सम्पन्न, ६६.८३ प्रतिशत मत खस्यो !
गत वैशाख ३० गते स्थगित गरिएको बुढिगंगा नगरपालिको निर्वाचन कडा सुरक्षाकाबिच असार २३ गते सम्पन्न भएको छ । विहान ७ बजेदेखिे नगरपालिकाका १० ओटा वडामा सुरु भएकोे मतदान कार्य निर्धारित…
घरेलु हिंसा पीडित महिलाद्वारा इन्सेकको सहयोगमा मुद्दा दर्ता
घरेलु हिंसा पीडित कपिलवस्तु नगरपालिका–६ गोबरी घर भई हाल कपिलवस्तु नगरपालिका –११ माइती घरमा बस्दै आएकी २० वर्षीया छायाँ बरीले इन्सेकको सहयोगमा जिल्ला अदालतमा असार २१ गते मुद्दा दर्ता गराउनु…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २३ गते)
असार २३ गते ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८० हजार ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ३…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१३ वर्षीया बालिकालाई विवाह गर्ने प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पीडित पक्षले बराहक्षेत्र नगरपालिका–१ का १९ वर्षीय जयकुमार राईविरूद्ध असार २१ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघटीमा उजुरी दिएको छ…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फिदिम नगरपालिका–९ का २२ वर्षीय कृष्ण राइलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश योगेन्द्रप्रसाद शाहको असार २१ गतेको इजलासले…