मानव अधिकार वर्ष पुस्तक २०२२ का सन्दर्भमा सरोकारवालाँंग भेटघाट
मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिकपछि पुस्तक र मानव अधिकारका समसामयिक विषयहरूमा छलफलको लागि इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बागमती प्रदेशस्तरिय सरोकारवाला व्यक्तिहरूसँग ०७८ फागुन २२ गते भेटघाट गर्नुभएको छ ।
इन्सेक कार्यकारी निर्देशक गौतम र इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णशर्मा खनाल, उच्च सरकारी वकिल कार्यालय पाटनको हेटौँडा इजलासका सह न्यायाधिवक्ता सन्देश श्रेष्ठ, सामाजिक विकास मन्त्रालयका सचिव श्रीकृष्ण नेपाल र मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेसँग छुट्टाछुट्टै भेट गर्नुभएको हो ।
भेटमा कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकले ७७ ओटै जिल्लामा रहेका इन्सेक प्रतिनिधिबाट मानव अधिकारसँग जोडिएका घटनाहरूको सङ्कलन गरी तथ्य विश्लेषण सहित जिल्लागत र प्रादेशिक रूपमा समेष्टिकृत गरी पुस्तक प्रकाशन हुँदै आएको जानकारी गराउनुभयो ।
कार्यकारी निर्देशक गौतमले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूमा राज्यका न्यायिक निकायहरूबाट हुने ढिलासुस्तीका कारण पीडितहरूले थप पीडाबोध गर्नुपरेको समस्या औंल्याउँदै सरल र छिटो न्याय प्रणालीलाई कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
भेटको क्रममा बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाबाट मानव अधिकारसँग सरोकार राख्ने थुप्रै ऐन कानुनहरू निर्माण भएको बताउनुभयो ।
साथै इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तक नीति निर्माण तथा कानुन बनाउनेहरूका लागि सन्दर्भ सामाग्रीको रूपमा लिन सकिने समेत बताउनुभयो ।
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णराज शर्मा खनालले मानव अधिकारका सवालमा नीति निर्माणको चरणमा इन्सेकसँग सहकार्य गर्ने बताउनुभयो ।
लामो समय मानव अधिकारका सवालमा इन्सेकले आवाज उठाउने तथा पैरवी गर्दै आइरहेको भन्दै मन्त्री खनालले सहकार्यको लागि आफू र मन्त्रालय सधै तयार रहेको बताउनुभयो ।
यस्तै उच्च सरकारी वकिल कार्यालय पाटनको हेटौँडा इजलासका सह न्यायाधिवक्ता सन्देश श्रेष्ठले मानव अधिकारका घटनालाई आफूले संधै प्राथमितामा राखेर काम गर्दै आएको बताउृनुभयो । चितवनमा सेनाको ज्यादतीबाट एक व्यक्तिको मृत्यु भएको घटनामा जिल्ला अदालतको निर्णय उल्ट्याएर पीडकलाई थप सजाय दिलाएको उदाहरण दिँदै पीडितलाई न्याय दिलाउने काममा संधै सचेत हुने बताउनुभयो ।
सामाजिक विकास मन्त्रालयका सचिव श्रीकृष्ण नेपालले मन्त्रालयको कार्यक्रम तथा बजेटमा सुझाव राख्न इन्सेकलाई आग्रह गर्नुभयो ।
इन्सेकले प्रदेशका जिलाहरूमा शिक्षा स्वास्थ खाद्य र आवासको अधिकारमा काम गर्दै आइरहेको विषयमा बोल्दै सचिव नेपालले इन्सेकसँग सहकार्यमा कार्यक्रम गर्न इच्छुक रहेको बताउनुभयो ।
यसैगरी प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जिल्लाको् शान्ती सुरक्षा र मानव अधिकारका सवालमा प्रशासन संधै चनाखो हुने गरेको बताउनुभयो ।
भेटमा इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले इन्सेकले प्रदेशमा गर्दै आएको् कार्यक्रम तथा प्रदेशमा मानव अधिकारको अवस्थाबारे जानकारी गराउनुभयो ।
साथै सबैलाई नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ र वर्ष पुस्तकको समिष्टिकृत “स्थिति सूचक” पनि प्रदान गरिएको छ ।
पुष्पराज अधिकारी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वेलवारी नगरपालिका–८ का २१ वर्षीय सन्तोष नेपालीलाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २३ गते प्रलोभनमा पारी बलात्कार…
कोशी कोभिड अस्पतालबाट एक जना कैदी फरार
विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास कोशी कोभिड अस्पताल परिसरबाट साउन २५ गते फरार भएको अस्पताल प्रशासनले जनाएको छसाउन २० गते कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि कोशी कोभिड…
न्याय पाउने आश मार्दै द्वन्द्व पीडित, छोरा हराएको १७ वर्षपछि अन्तिम संस्कार
०६३ मङ्सिर ५ गते तत्कालीन विद्रोही समूह र नेपाल सरकारबिच विस्तृत शान्ति सम्झौता भइ राखेको दृश्य टेलिभिजनले प्रसारण गर्दा विराटनगर महानगरपालिका–३ का तुलसीप्रसाद आपागाँइलाई न्याय पाउने ठूलो आशा थियो ।…
कुटपिट गरेको आरोपमा शिक्षकसहित दुई जना गिरफ्तार
जनज्योती मावि कक्षा १२ मा अध्ययनरत विद्यार्थी राजपुर गाउँपालिका–३ का १९ वर्षीय मन्साराम यादवलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले उक्त विद्यालयका शिक्षक राजपुर गाउँपालिका–२ का ३७ वर्षीय पाटेश्वर यादव…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २६ गते)
साउन २६ गते ४ सय ६५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९२ हजार १ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…