मानव अधिकार र निर्वाचनका विषयमा प्रहरी प्रशासनसँग छलफल
मानव अधिकार र निर्वाचनका विषयमा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलसहित अधिकारकर्मीको एक टोलीले मङ्सिर १ गते प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख लगायतको टोलीसँग छलफल गरेको छ ।
स्वच्छ निर्वाचनका लागि नागरिक अभियान सचिवालय इन्सेकले मानव अधिकार र निर्वाचनका विषयमा जिल्लाको विभिन्न सरोकारवाला निकायसँग भेट गरेको छ ।
सोही क्रममा जिल्लाको सुरक्षा अवस्था र निर्वाचनसम्बन्धी गतिविधिका विषयमा प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरे र प्रहरी प्रमुख डिएसपी राजेन्द्र पोख्रेलसँग छलफल गरेका हुन ।
स्थानीय प्रशासनसँगको छलफलमा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले जनताले हिंसा नचाहेको बताउँदै भयरहित वातावरणमा निर्वाचन हुनु पर्नेमा जोड दिए ।
अध्यक्ष प्याकुरेलले शङ्काको भरमा कोही व्यक्तिलाई गिरफ्तार गर्दा निर्दोष व्यक्ति भएमा उसमा विद्रोह भावना आउने सक्ने भएकोले प्रमाण बिना कसैलाई पक्राउ नहुने तर्क गरे ।
मानव अधिकार सङ्गठनका महासचिव महामनिश्र आर्चायले अधिकारकर्मी राज्यका सहयोगी हुने बताउँदै शान्ति पूर्ण निर्वाचनमा समन्वय गर्ने बताए । उनले अधिकारकर्मीसगँको छलफलमा प्रमुख जिलला अधिकारीले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदातले मतदान गर्ने वातावरण बनाएको र निर्वाचनलाई मध्यनजर गरि जिल्लामा चेकजाँचमा कडा गरिएको बताए ।
निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गर्नका लागि आफुले सुरूदेखि नै जिल्लाका राजनीतिक दलहरूसँग छलफल गर्दा निर्वाचन आचरसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता गरेकोले आफूलाई शान्तिपूर्ण तरिकाबाट निर्वाचन सम्पन्न हुने विषयमा ढुक्क रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।
मानव अधिकारकर्मीले प्रहरी प्रशासनलाई आवश्यक परे सहयोग गर्न आफुहरू जुनसुकै वेला र निर्वाचनको बेला तयार रहेको इन्सेकका अध्यक्ष प्याकुरेलले बताए ।
रविन्द्र पाण्डे
सम्बन्धित समाचारहरू
बालविवाहविरुद्ध उजुरी दर्ता
१३ वर्षीया बालिकाको सिरहा बरियारपट्टी गाउँपालिका–२ जानकीनगरका २५ वर्षीय मिथलेश रायसँग बालविवाह भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जेठ २५ गते उजुरी दर्ता भएको छ । छिन्नमस्ता गाउँपालिका–१ बरहीका ४२ वर्षीय…
बलात्कार घटनाकाे कसुरमा १२ वर्ष कैद र जरिवाना
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा शम्भुनाथ नगरपालिका–४ सखुवाका २० वर्षीय दिपक सरदारलाई जेठ २६ गते १२ वर्ष कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
वीरेन्द्रनगरमा पिउने पानीको चरम अभाव
कर्णाली प्रदेशको राजधानी वीरेन्दनगरमा पिउने पानीको चरम अभाव चुलिदै गएको छ । गर्मी मौसम सुरु भएसँगै प्रयोगमा ल्याइएका पानीका मुहानमा समेत पानीको सतह घट्दा उपत्यकामा खानेपानीको चरम संकट चुलिएको हो…
बलात्कार मुद्दा मुल्तबीमा राख्ने फैसला
२४ वर्षीया महिलालाई फेदाप गाउँपालिका–३ जलजलेका ३२ वर्षीय इन्द्र नेपालीले बलात्कार गरेको भनी परेको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्रे फैसला गरेको छ । जिल्ला अदालतमा ०७९ मङ्सिर २० गते दायर…
समान कामको असमान ज्याला
वीरेन्द्रनगर–३ की कल्पना रास्कोटी १६ वर्ष यता निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै आउनुभएको छ । आर्थिक अवस्था कमजोर भएकी कल्पनाका दुई दम्पति नै निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै…