मानव अधिकार राष्ट्रिय कार्ययोजना कडाइका साथ लागु गर्नुपर्नेमा जोड
नेपाल सरकारले ०७१ साउनदेखि लागु गरेको मानव अधिकार राष्ट्रिय कार्ययोजना कडाइका साथ लागु गर्नुपर्नेमा स्थानीय सरोकारवालाहरूले जोड दिएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय, धनगढीले असोज १७ गते बैतडीमा गरेको अर्न्तक्रिया कार्यक्रममा जिल्ला स्थित सरोकारवालाहरूले उक्त कुरामा जोड दिएका हुन् ।
मानव अधिकारसम्बन्धी कानुनमा सुधार ल्याउन सुझाव सङ्कलन गर्ने उक्त अर्न्तक्रिया कार्यक्रमको आयोजना गरिएको आयोगले जनाएको छ ।
अर्न्तक्रियामा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय धनगढीका मानव अधिकार अधिकृत पवन कुमार भट्टले मानव अधिकार राष्ट्रिय कार्ययोजना ०७१ का बारेमा जानकारी गराएका थिए ।
प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले अबका दिनमा बैतडीमा पनि बालमैत्री, अपाङ्गतामैत्री, महिलामैत्री भौतिक संरचना बनाउने र मानव अधिकार राष्ट्रिय कार्ययोजना ०७१ लाई कडाइका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
नरी बडु
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका ३४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…