मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्न आयोगको ध्यानाकर्षण
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जले दाङका सरकारी कार्यालयहरूलाई मानव अधिकार राष्ट्रिय कार्ययोजना कायान्वयनकालागि ध्यानाकर्षण गराएको छ ।
आयोगका क्षेत्रीय संयोजक मुरारी खरेलले जेठ २१ गते घोराहीमा मानव अधिकारको अवस्था र प्रमुख मानव अधिकार सवाल विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्ययोजनाको कार्यान्वयनकालागि गम्भीर हुन प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखको ध्यानाकर्षण गराएका हुन् ।
तीन वर्षबितिसक्दा पनि जिल्लामा मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनको खासै उल्लेख्य प्रगति नदेखिएको भन्दै क्षेत्रीय संयोजक खरेलले पञ्चवर्षीय कार्ययोजनालाई सफल बनाई नागरिकलाई मानव अधिकारको प्रत्याभूति गराउन सुझाव समेत दिए ।
'पञ्चवर्षीय कार्ययोजनाको तीन वर्षबितिसक्यो जिल्लामा खासै कार्यान्वयन हुन नसकेको पाइयो ।'- संयोजक खरेलले भने-'मानव अधिकार राष्ट्रिय कार्ययोजनालाई गम्भीर रूपमा लिनुहोस र यसको अक्षरशः पालना गर्नुहोस ।'
दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनको चरणमै रहेको जानकारी दिँदै आफूहरू कार्ययोजना कार्यान्वयनकालागि गम्भीर रहेको बताए ।
उनले कार्ययोजना कार्यान्वयनकै लागि जिल्लास्थित सबै सरकारी कार्यालयमा मानव अधिकार डेस्कको स्थापना गरिएको र एकजनालाई फोकलपर्सन तोकेर सेवा प्रवाह भइरहेको जानकारी दिए । तर, उनले नागरिकको गुनासो नआएका कारण विषयगत छलफल गर्ने काम भने नभएको बताए । जिल्ला प्रहरी कार्यालयका एसपी धिरजप्रताप सिंहले प्रहरी मानव अधिकारप्रति गम्भीर रहेको र त्यसको कार्यान्वयनमा जिम्मेवार रहेको बताए ।
सो अवसरमा बोल्दै नागरिक समाज, अधिकारकर्मी एवम् पत्रकारहरूले जिल्लामा मानव अधिकारको अवस्थामा सुधार आउन नसकेको र सरकारी कार्यालयहरू नागरिकप्रति जबाफदेही हुन नसकेको गुनासो गरेका थिए ।
जे.एन.सागर
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…