मानव अधिकार रक्षाका लागि क्रियाशील हुन मानव अधिकार आयोगलाई आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले जिल्लामा मानव अधिकारको अवस्था र मानव अधिकार रक्षाका लागि अधिकारकर्मीहरूको भूमिकाका विषयमा चैत २२ गते गरेको छलफल कार्यक्रममा अधिकारकर्मीले मानव अधिकार रक्षाका लागि आयोगलाई गम्भीर हुन आग्रह गरेका छन् ।

छलफल कार्यक्रममा अधिकारकर्मीले जिल्लामा भएका पर्यटन तथा होटल व्यवसायीले बालबालिकालाई बाल श्रमिककारूपमा राख्ने क्रम बढेकाले त्यसलाई रोक्न आयोगलाई आग्रह गरेका हुन् ।

कार्यक्रममा बोल्दै ज्येष्ठ नागरिक संघ, सोलुखुम्बुका अध्यक्ष आङ्दीम शेर्पाले जिल्लामा भएका पर्यटन तथा होटल व्यवसायीले बालबालिकालाई श्रममा लगाउने क्रम बढेकाले बाल अधिकारको हनन् भएको बताए । उनले बाल अधिकार रक्षाका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई गम्भीर हुन आग्रह गरे ।

राष्ट्रिय मानव अधिकार आयोगका सचिव बेद भट्टराईले मानव अधिकारको संरक्षण गर्न र कानुनको पालन गर्नुपर्नेमा जोड दिए । सचिव भट्टराईले स्थानीय तहाँबाट नै न्यायोचित कार्यशैलीले मात्रै मानव अधिकारको मशहुस हुन सक्ने बताए ।


पासाङ बम्जन तामाङ