मानव अधिकार रक्षकहरूको अधिकार संरक्षण गर्न प्रतिबद्ध छौं : मुख्यमन्त्री नेपाली
मानव अधिकार रक्षकहरूको संरक्षण गर्न राज्य प्रतिबद्ध रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले बताउनुभएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश, अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) लगायत पोखरामा क्रियाशिल रहेका मानव अधिकार सघसस्थाहरूका प्रतिनिधिका टोलीसँग ०७८ फागुन २७ गते भएको भेटमा उहाँले सो कुरा बताउनुभएको हो ।
भेटघाट कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा ०७८ फागुन २० र २१ गते पोखरामा सम्पन्न मानव अधिकार रक्षहरूको प्रादेशिक सम्मेलनबाट पारित १७ बु्ँदे घोषणा पत्र मुख्यमन्त्री नेपालीलाई हस्तान्तरण गरिएको छ ।
उक्त घोषणा पत्र ग्रहण गर्दै मुख्यमन्त्री पोखरेलले सङ्घीय लोकतान्त्रिक व्यवस्थामा मानव अधिकारका विषयलाई कार्यान्वयन गर्ने भन्ने विषयमा जिम्मेवार रहेपनि कतिपय कमि कमजोरीका कारण मानव अधिकारलाई पूर्ण रूपमा प्रत्याभूत गर्न नसकिएको बताउनुभयो ।
मानव अधिकारको प्रत्याभुति प्रत्यक्ष रूपमा समाजमा हुनुपर्ने कुरामा सचेत रहेको उहाँले बताउनुभयो ।
मानव अधिकारको क्षेत्रमा आवाज उठाने मानव अधिकारकर्मीहरू कतिपय अवस्थामा जोखिममा रहेको बताउदै उहाँले मानव अधिकार रक्षकहरूको हितका लागि मानव अधिकार रक्षकहरूको प्रादेशिक सम्मेलनबाट पारित घोषणा पत्रमा उल्लेख भएका सवालहरूलाई सकेसम्म आगामी बजेटमा सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पत्र हस्तान्तरण गर्दै राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयका प्रमुख चन्द्रकान्त चापागाईले आयोगले ०६९ सालमा आयोजना गरेको मानव अधिकार रक्षकहरूको राष्ट्रिय सम्मेलनका आधारमा मानव अधिकार रक्षकहरूको अधिकार संरक्षणका लागि २०७८ फागुन २० र २१ गते सात ओटै प्रदेशमा एक साथ प्रदेश स्तरीय प्रादेशिक मानव अधिकार सम्मेलन सम्पन्न गरी मानवअधिकार रक्षकहरूका अधिकार संरक्षणका सवालमा प्रदेश सरकारलाई जिम्मेवार र जवाफदेही बनाउने उद्धेश्यले घोषणा पत्र जारी गरिएको जानकारी दिनुभयो ।
उक्त घोषण पत्रले उठान गरेको मानव अधिकार रक्षकहरूको अधिकारलाई संरक्षण गर्न प्रदेश सरकारले उचित ध्यान दिनुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयका संयोजक शिव प्रसाद खकुरेलले मानव अधिकार रक्षकहरूको अधिकार संरक्षणका लागि प्रदेश सरकार जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
उहाँले मानव अधिकार रक्षकहरूको अधिकार संरक्षण छुटै कानुन निर्माण गर्न अनुरोध गर्नुभयो ।
पत्र हस्तान्तरण कार्यक्रममा शान्तिका लागि नागरिक समाजको सञ्जालका संयोजक विना सिलवाल, गैसस महासङ्घ गण्डकी प्रदेश समितका अध्यक्ष गोपाल खड्का, मानव अधिकार एलाइन्स केन्द्रिय सदस्य शारदा खत्री गौतम, मानव अधिकार रक्षक सञ्जाल गण्डकी प्रदेशका अध्यक्ष इन्दिरा पौडेल, मानव अधिकार एलायन्स कास्कीका अध्यक्ष पदमराज पहारी र इन्सेक गण्डकी प्रदेश कार्यालयबाट मधु पन्थीको सहभागीता रहेको थियो ।
इन्सेक, गण्डकी प्रदेश कार्यालय
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा कालिगण्डकी गाउँपालिका– ५ घर भएका ३५ वर्षीय पुरुषलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकालाई आरपितले २०७४ चैत महिनामा बलात्कार…
नेपालगञ्जको स्थिति नियन्त्रणमा लिन सेना परिचालन
हिन्दु र मुस्लीम समुदायबिच भएको तनावलाई नियन्त्रणमा गर्नका लागि नेपाली सेना परिचालन गरिएको छ । अवस्था बिग्रीन नदिन र शान्ति सुरक्षा कायम राख्न सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन…
दृष्टिविहिन शिक्षिकाद्वारा गरिएको आमरण अनसनको इन्सेकद्वारा अनुगमन
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै २०८० असोज १४ गते देखि आमरण अनसनमा बस्नुभएकी दृष्टिविहिन शिक्षिका शोभा पौडेल को इन्सेक गण्डकी प्रदेश संयोजकको नेतृत्वमा असोज १६…
बलात्कार घटनाको कसुरमा आठ बर्ष कैद
शम्भुनाथ नगरपालिका–७ का ३५ वर्षीय दर्शन भनिने दशन मण्डललाई बालिका बलात्कार गरेको कसुरमा ०८० असोज १५ गते आठ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोरखा नगरपालिका–४ फिनामका ४२ वर्षीय गोपाल भन्ने दिपक बहादुर बानियाँलाई प्रहरीले असोज १५ गते गिरफ्तार गरेको छ । बौद्धिक अपाङ्गता भएकी महिलालाई बिवाह गर्छु…