मानव अधिकार रक्षकको अधिकार संरक्षणमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा मानव अधिकार रक्षकको अधिकार संरक्षणमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम चैत १५ गते वीरेन्द्रनगरमा सम्पन्न गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले मानव अधिकार रक्षकको विषय संवेदनशील भएकाले यस विषयमा राज्य जिम्मेवार हुनु पर्नेमा जोड दिनु भयो ।
मानव अधिकार रक्षकहरू असुरक्षित रहेको विषयमा उपमेयर ढकालले राज्यले सुरक्षाको प्रत्याभूति दिलाउनु पर्नेमा जोड दिँदै मानव अधिकार रक्षकहरू खुलेर काम गर्न पाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पिताम्बर ढकालले मानव अधिकार रक्षकहरूको अधिकार संरक्षणका लागि राज्यले कानुन बनाउनु पर्नेमा जोड दिनु भयो ।
इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले मानव अधिकार संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिँदै स्थानीय तहमा काम गर्ने मानव अधिकार रक्षकको योगदानको स्थानीय तहले कदर गर्नु पर्ने सुझाव दिनु भयो ।
संयोजक सुवेदीले मानव अधिकार रक्षकको पहिचान, क्षमता अभिवृद्धि र समन्वय सहकार्यमा स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो ।
इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसबरीया गाउँपालिका–६ सोहरवाका २३ वर्षीय भिखारी राय यादवलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको…