मानव अधिकार पैरवीसम्बन्धी महिलाका लागि प्रशिक्षक प्रशिक्षण सम्पन्न

  ०७९ असार ६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायतका संस्थाद्वारा असार २ गतेदेखि नगरकोटमा आयोजित मानव अधिकार पैरवीसम्बन्धी महिलाका लागि प्रशिक्षक प्रशिक्षण असार ५ गते सम्पन्न भएको छ ।

प्रशिक्षणमा इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले नेतृत्वमा महिलाको सहभागिताले मात्रै दीगो विकासका लक्ष्य प्राप्त गर्न सकिने बताउनु भयो ।

इन्सेकले अभिलेख गरेको मानव अधिकार उल्लङ्घनका घटनामा पीडितको सङ्ख्या महिला र बालिकाको धेरै रहेको उहाँले बताउनु भयो ।

समग्र विकासमा महिलाको अतुलनीय भूमिका रहने हुँदा हरेक क्षेत्रमा महिलाको अर्थपुर्ण सहभागिता आवश्यक रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले प्रशिक्षक प्रशिक्षणका सबै सहभागिले आआफ्नो कार्य क्षेत्रमा गएर यस्तै तालिम दिने, सहकार्य र समन्वयात्मक भूमिकामा आफूलाई स्थापित गर्ने र पीडितको न्यायको लागि पैरवी गर्ने काममा सक्रियता देखाउनु पर्ने बताउनु भयो ।

आरएसडिसी लघुवित्त वित्तीय संस्था लि., शान्ति र लोकतन्त्रका लागि महिला नेपालसँगको सहकार्यमा तालिम आयोजना गरिएको हो।

photo20220620kabhre (1)

photo20220620kabhre (2)

photo20220620kabhre (3)

photo20220620kabhre (4)

photo20220620kabhre


अनलाइन डेस्क