मानव अधिकार दिवसको सन्दर्भमा वक्तृत्वकला
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा इन्सेक, कर्णाली एकीकृत ग्रामीण अनुसन्धान विकास केन्द्र (किर्डाक) र हिमाली ग्रामीण युवा विकास केन्द्र (रिसडेक)को संयुक्त आयोजनामा मङ्सिर २४ गते निम्न माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ ।
'सबैको घर घरमा मानव अधिकार, विकास र शान्तिको आधार' भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा 'मानव अधिकार र शान्ति' विषयक वक्तृत्वकला प्रतियोगिता प्रस्तावित राष्ट्रिय निम्न माध्यमिक विद्यालय कार्कीबाडामा सम्पन्न गरिएको हो ।
पाँच जना विद्यार्थी सहभागी भएको उक्त कार्यक्रममा प्रस्तावित राष्ट्रिय निम्न माध्यमिक विद्यालय कार्कीबाडाका राजकुमार सेजुवाल पहिलो, सोही विद्यालयका अनिल रावल दोस्रो र उज्यली शाही तेस्रो भएकी छन् । पुरस्कृत विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…
दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४…