मानव अधिकार दिवसको अवसरमा कारागार अनुगमन र शैक्षिक सामग्री सहयोग
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तनहुँका मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा मङ्सिर २५ गते तनहुँ जिल्ला कारागारको अनुगमन तथा कारागारमा अभिभावकसँग आश्रित बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो कपडा सहयोग कार्यक्रम आयोजना गरियो ।
उक्त कार्यक्रममा बोल्दै तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले राज्य मानव अधिकारको संरक्षक भएको हुँदा मानव अधिकारको सम्मान र संरक्षण गर्न स्थानीय प्रशासन सचेत रहेको बताउनु भयो ।
मानव अधिकार दिवसको अवसरमा कारागारको अनुमगन गर्नाले कारागारलाई सुधारगृहको रुपमा परिणत गर्न सहयोग पुग्ने र कैदी बन्दीको आधारभुत अधिकार प्रत्याभूतिका लागि राज्यलाई दबाब पुग्ने बताउनु भयो ।
इन्सेक प्रतिनिधि अध्यक्ष प्रकाशचन्द्र भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा कारागार कार्यालय तनहुँका प्रमुख नारायणप्रसाद अधिकारी, महिला मानव अधिकार रक्षक सञ्जाल तनहुँकी अध्यक्ष कल्पना पौडेल, सेतो गुराँस बालविकास सेवाका सदस्य कृष्णचन्द्र पाण्डे, अधिवक्ता सरिता भण्डारी लगायतले मन्तव्य राख्नु भएको थियो ।
उक्त कार्यक्रममा महिला बन्दीगृहमा आमासँग आश्रित दुई जना बालिकालाई न्यानो कपडा र शैक्षिक सामग्री तथा इन्सेकको तर्फबाट मानव अधिकारसँग सम्बन्धित पुस्तकहरु प्रदान गरिएको थियो ।
सो कार्यक्रम गैरसरकारी संस्था महासङ्घ तनहुँ शाखा, इन्सेक, सेतो गराँस, महिला मानव अधिकार रक्षक सन्जाल, मानव अधिकार एलान्यस, मानव अधिकार तथा कैदीबन्दी न्यायीक सरोकार मञ्च, मानव अधिकार एलयान्स, नेपाल बार एसोसियसन मानव अधिकार समिति, काहुराष्ट र ग्रामीण सशक्तिकरण समाजको सहभागिता रहेको थियो ।
तनहुँ कारागारमा सोमबारसम्म कैदी २ सय १ जना तथा थुनुवा १ सय २४ र दुई जना बालिका सहित ३ सय २७ जना रहेका छन् । जसमा २६ जना महिला रहेका छन् । कैदी बन्दीमा सबैभन्दा धेरै बलात्कार मुद्दाका ६५ कैदी र २६ थुनुवा सहित ९१ जना रहेका छन् । यसैगरी लागु औषध मुद्दामा कैदी ३२ तथा थुनुवा ४४ गरी ७६ जना र कर्तव्य ज्यान मुद्दामा ३४ कैदी र १२ थुनुवा गरी ४६ जना रहेको कारागार कार्यालयका प्रमुख नारायण अधिकारीले जानकारी दिनु भयो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
ड्युटीमा खटिएका प्रहरी जवानद्वारा आफूमाथि गोली प्रहार गर्दा घाइते
सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर, कञ्चनपुरमा कार्यरत प्रहरी जवान २८ वर्षीय वकिल बिष्टले ०८१ माघ ९ गते राति ड्युटीमा रहेको बेला आफैँलाई गोली प्रहार गरेका हुन् । गोली प्रहारबाट…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका—१५ कनरीका २८ वर्षीय सुरेन्द्र चौधरीलाई ०८१ माघ ९ गते घरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ ७ गते बलात्कार…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चितवनको नारायणी नगरपालिका-४ का २५ वर्षीय प्रबिन बराललाई काठमाडौँको थानकोटबाट गिरफ्तार गरेको जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिनु भयो ।…
शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते
शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते हुनुभएको छ । राप्ती ग्यालेक्सी बोडिङ स्कुल लमही नपा–८ मा कार्यरत विज्ञान शिक्षक ३७ वर्षीय सुनिल चौधरीको कुटपिटबाट कक्षा ९ का विद्यार्थी १५ वर्षीय निखिल खड्काको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई माघ ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितकी आमाले…