मानव अधिकार कार्ययोजनाको कार्यान्वयनको अवस्थाबारे अनुगमन
रामेछाप जिल्लामा चौथो मानव अधिकार कार्ययोजनाको कार्यान्वयनको अवस्थाको बारेमा असोज १७ गते राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ ।
मानव अधिकार आयोगका अधिकृत बद्रि सुवेदी र किरण घिमिरेको टोलीले जिल्लामा मानव अधिकार कार्ययोजनाको कार्यान्वयनको अवस्थाको बारेमा अनुगमन गरेको हो ।
टोलीले जिल्लास्तरीय मानव अधिकार कार्यायोजना कार्यान्वयन समितिको बैठक राखी नेपाल सरकारले जारी गरेको मानव अधिकार कार्ययोजना कार्यान्वयनको अवस्थाको बारेमा विषयगत सरकारी कार्यालय तथा गैर सरकारी संस्था महासङ्घ, बार एशोसिएशनलगायत मानव अधिकारको क्षेत्रमा क्रियाशील संस्थाहरूसँग छलफल गरेको थियो ।
छलफल कार्यक्रममा बोल्दै आयोगका अधिकृत सुवेदीले सरकारले बनाएको चौथो पञ्चवर्षीय मानव अधिकार कार्ययोजना योजनाको करिव साँढे दुई वर्षबितिसक्दा पनि कतिपय जिल्लामा मानव अधिकार कार्ययोजनाको बारेमा सरोकारवालालाई नै जानकारी नभएको बताए ।
यो सरकारले नै बनाएको योजना भएकोले यसको कार्यान्वनयमा सरकारका निकायका प्रमुखहरू जिम्मेवार हुनुपर्ने बताए । कतिपय अवस्थामा जिम्मेवार निकायले कार्ययोजनाको स्वामित्व नै नलिएको उनको भनाइ थियो ।
मानव अधिकारको संस्कृति विकास गर्न कार्ययोजनालाई केन्द्रमा राखेर योजना बनाउन उनले सरकारी तथा गैससहरूलाई अनुरोध गरे । कार्ययोजनाले १८ वटा विषयवस्तु समेटेको जानकारी दिँदै उनले त्यसको लागि जिम्मेवार र सहयोगी निकाय समेत तोकेको जानकारी दिए ।
रामेछापका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले राज्यका हरेक निकाय मानव अधिकारमैत्री भएर अघि बढ्नु पर्ने बताउँदै यसका लागि आफूले सबै कार्यालयलाई निर्देशन दिइसकेको बताए ।
कार्यक्रमा जिल्ला प्रहरी कार्यालय, जिविस, जिल्ला शिक्षा कार्यालय, महिला तथा बालबालिका कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला न्यायाधिवक्ताको कार्यालयलगायतका निकायले मानव अधिकार कार्ययोजनाको कार्यान्वयनको लागि गरेका कामको समीक्षा गरिएको थियो ।
नवराज पथिक
सम्बन्धित समाचारहरू
कोशी प्रदेशमा खुल्लातर्फ चार सय बढी र नियमिततर्फ ८० हजार बढी परीक्षार्थीले एसइई दिँदै
न्यूनतम कक्षा आठ उत्तिर्ण गरेका (खुल्ला परीक्षार्थी) सहित कोशी प्रदेशबाट ८० हजार ९ सय ३४ जना परीक्षार्थीले यस वर्षको (कक्षा १० को परीक्षा) एसइई परीक्षा दिई रहेका छन् । आज…
बाल सुधारगृहको समस्या समाधान गर्न इन्सेकद्वारा प्रशासनमा ज्ञापनपत्र
विराटनगर महानगरपालिका-३ स्थित बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न इन्सेकले ज्ञापनपत्र बुझाएको छ । बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालय, ओरेक, सिविन नेपाल लगायतका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
५८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा वीरगञ्ज उपमहानगरपालिका-३२ चोर्नि टोल का ४० वर्षीय मेघनाथ यादबलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई चैत ३ गते घरमा बसिरहेको अवस्थामा…
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…