मानव अधिकार कार्ययाेजना कार्यान्वयनकाे लागि माग गर्दै ध्यानाकर्षण पत्र
रसुवामा इन्सेकलागयत मानव अधिकारकर्मीहरूले मानव अधिकार विश्वव्यापी घोषणा पत्र जारी भएको ७५ औँ वार्षिकोत्सवको अवसरमा स्थानीय सरकारको संयुक्त रूपमा मानव अधिकार कार्ययोजना कार्यान्वयनकाे माग गर्दै ०८० मङ्सिर २४ गते ध्यानाकर्षण पत्र बुझाएकाे छ ।
'सबैका लागि स्वतन्त्रता, समानता र न्याय' भन्ने नाराका साथ ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा जिल्ला समन्वय प्रमुख अशोक कुमार घिमिरेमार्फत पाँचै ओटै स्थानीय तहमा मानव अधिकारको राष्ट्रिय कार्ययोजना निर्माण गरी कार्यान्वयनमा ल्याउन ध्यानाकर्षण पत्र बुझाएकाे हो ।
संवैधानिक रूपमा निर्दिष्ट गरिएका मौलिकहकहरूको निशर्त कार्यान्वयन र प्रत्येक व्यक्तिमा मानव अधिकारको प्रत्याभूति हुनुपर्ने, मानव अधिकारकर्मी संस्थाहरू मानव अधिकार कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्न र आफ्नो स्थानीय तथा जिल्ला भित्र मानव अधिकारको अवस्था सुदृढ बनाउन, मानव अधिकारमैत्री योजना निर्माण गर्न, दिगो विकासका सूचकहरू हासिल गर्दै सबै नागरिकको जीवनको रक्षा गर्न, स्वतन्त्रता र न्याय सुनिश्चित गर्न मानवअधिकार घोषणा पत्र जारी भएको ७५ वर्षको अवसरमा ध्यानाकर्षण पत्रमा भनिएको छ ।
ध्यानाकर्षण पत्र पेस गर्नेहरूमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला प्रतिनिधि, राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) ले बुझाएको ध्यानाकर्षण पत्रमा मानव अधिकार तथा सामसदायिक विकास स्रोत केन्द्र, मानव अधिकार सञ्जाल रसुवा शाखा गैरसरकारी संस्था महासङ्घ रसुवाले समेत एक्यबद्धता जनाएका थिए ।
उक्त सोमितिले समय समयमा बैठक बसी आफ्नो कार्ययोजना कार्यान्वयनको समीक्षा गर्ने व्यवस्था भए पनि कार्यक्रम नभएकाेले ध्यानाकर्षण पत्र बुझाएकाे हाे । इन्सेकलागयत मानव अधिकारकर्मीहरूको सहभागितामा जिल्ला समन्वय समिति प्रमुख अशाेक घिमिरेलाई पत्र बुझाइएकाे थियाे । उक्त ध्यानाकर्षण पत्र बुझै प्रमुख घिमिरेले ध्यानाकर्षण भएको र कार्यन्वयन गराउन पहल लिने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
हेमनाथ खतिवडा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…