मानव अधिकार उल्लङ्घन र ज्यादतीको निष्पक्ष छानबिनको माग गर्दै द्वन्दपीडितद्वारा माइतीघरमा धर्ना
सरकार र माओवादीबिच भएको विस्तृत शान्ति सम्झौताको १५ वर्ष पुगेको दिनमा द्वन्दपीडित समुदाय र मानव अधिकारकर्मीले द्वन्द्वकालिन समयमा भएका गम्भीर मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै मङ्सिर ५ गते माइतिघर मण्डलामा दुई घण्टा धर्ना दिएका छन् ।
उनीहरूले समयसीमा र कार्ययोजना सहितको सङ्क्रमणकालिन न्यायसम्बन्धी मार्गचित्र प्रस्तुत हुनुपर्ने, सर्वोच्च अदालतको आदेश र अन्तराष्ट्रिय कानुन बमोजिम ऐन संशोधन हुनुपर्ने, सरकारले पीडित लगायत सरोकारवालासँग अर्थपूर्ण परामर्श गर्नुपर्ने, द्वन्द्वकालिन मुद्दामा छानबिन गर्न खुला, पारदर्शी र सार्वजनिक प्रक्रियाद्वारा स्वतन्त्र आयोग गठन गरिनुपर्ने लगायतका माग राखेका थिए ।
कार्यक्रममा अधिवक्ता ज्ञानेन्द्र आरणले सरकारले द्वन्द्वपीडित समुदायलाई परिचयपत्र वितरण गरेपनि त्यसले वास्तविक द्वन्द्वपीडितको पहिचान सम्बोधन गर्न नसकेको बताउनुभयो ।
द्वन्द्वपीडित देवी सुनारले आफ्नी छोरीको शव १८ वर्षदेखि टिचिंङ्ग अस्पतालमा रहेको बताउँदै छोरीको हत्यारालाई कारवाही नभएसम्म न्यायको लागि लडिरहने र सदगत नगर्ने उल्लेख गर्नुभयो । उहाँले द्वन्द्वपीडितको आवाजलाई कमजोर नठान्न समेत सरकारलाई चेतावनी दिनुभयो ।
धर्नालाई सम्बोधन गर्दै द्वन्द्वपीडित साझा चौतारीका पुर्व अध्यक्ष सुमन अधिकारीले ५ हजार मान्छे मारेको जिम्मा आफूले लिने भन्दै भाषण गर्नेहरू खुलम्खुल्ला हिँडिरहेको भन्दै त्यस्ता ‘अपराधी’लाई अन्तराष्ट्रिय अदालतमा मुद्दा हालेर भएपनि तुरुन्त कारवाही गर्नुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले द्वन्द्वपीडितलाई फकाइहालिन्छ र गलाइहालिन्छ भन्ने भ्रमबाट नेताहरू मुक्त हुनुपर्ने बताउनुभयो ।
विमल पौडेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वेलवारी नगरपालिका–८ का २१ वर्षीय सन्तोष नेपालीलाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २३ गते प्रलोभनमा पारी बलात्कार…
कोशी कोभिड अस्पतालबाट एक जना कैदी फरार
विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास कोशी कोभिड अस्पताल परिसरबाट साउन २५ गते फरार भएको अस्पताल प्रशासनले जनाएको छसाउन २० गते कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि कोशी कोभिड…
न्याय पाउने आश मार्दै द्वन्द्व पीडित, छोरा हराएको १७ वर्षपछि अन्तिम संस्कार
०६३ मङ्सिर ५ गते तत्कालीन विद्रोही समूह र नेपाल सरकारबिच विस्तृत शान्ति सम्झौता भइ राखेको दृश्य टेलिभिजनले प्रसारण गर्दा विराटनगर महानगरपालिका–३ का तुलसीप्रसाद आपागाँइलाई न्याय पाउने ठूलो आशा थियो ।…
कुटपिट गरेको आरोपमा शिक्षकसहित दुई जना गिरफ्तार
जनज्योती मावि कक्षा १२ मा अध्ययनरत विद्यार्थी राजपुर गाउँपालिका–३ का १९ वर्षीय मन्साराम यादवलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले उक्त विद्यालयका शिक्षक राजपुर गाउँपालिका–२ का ३७ वर्षीय पाटेश्वर यादव…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २६ गते)
साउन २६ गते ४ सय ६५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९२ हजार १ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…