मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट कर्णालीमा ४ सय ९९ जना पीडित
मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट कर्णाली प्रदेशमा ४ सय ९९ जना पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनाएको छ ।
इन्सेकले प्रकाशन गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का अनुसार कर्णाली प्रदेशमा सन् २०२३ मा ४ सय ९९ जना व्यक्ति पीडित भएका छन् ।
इन्सेकले अभिलेख गरेका घटनामा एक वर्षको अवधिमा ४० जना राज्यपक्षबाट र ४ सय ५९ जना गैरराज्यपक्षबाट पीडित भएका छन् । राज्य पक्षबाट भएका घटनामा महिला अधिकारबाट एक जना, धम्कीबाट तीन, कुटपिटबाट १२, यातनाबाट एक, अभिव्यक्ति, भेला तथा संगठित हुने अधिकारमा २० जना व्यक्ति पीडित भएका छन् । त्यस्तै गैरराज्यपक्षबाट घाइते तीन जना, बाल अधिकारका घटनामा ७८ जना, अमानवीय व्यवहारमा एक जना, अपहरण एक, महिला अधिकारका घटनामा २ सय ६९ जना, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका ६, सबै प्रकारका जातीय विभेदका घटनामा १० जना, धम्कीका घटनामा तीन, कुटपिटका घटनामा ५० जना र हत्याका घटनामा ३८ जना पीडित भएको इन्सेकले जनाएको छ ।
लिङ्गका आधारमा हेर्दा राज्यपक्षबाट ११ जना महिला र २९ जना पुरुष पीडित भएका छन् भने अन्य पक्षबाट ३ सय ८८ जना महिला र ७१ जना पुरुष पीडित भएका छन् ।
इन्सेकबाट प्रकाशित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ अनुसार कर्णाली प्रदेशमा परिवारजनबाट १३ जना महिलाको हत्या भएको छ । परिवारजनबाट हत्या भएका जिल्लामा सबै भन्दा बढी सल्यान जिल्लामा रहेको छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का अनुसार कर्णालीका १० जिल्ला मध्ये डोल्पामा राज्यपक्षबाट दुई र अन्यपक्षबाट आठ जना पीडित भएका छन् । मगुमा राज्यपक्षबाट पीडित भएका छैनन भने अन्यपक्षबाट २० जना पीडित भए । हुम्लामा राज्यपक्षबाट पाँच र अन्यपक्षबाट २८ जना पीडित भएका छन् । जुम्लामा राज्यपक्षबाट पीडित भएका छैनन भने अन्यपक्षबाट १८ जना पीडित भएका छन् । त्यस्तै कालिकोटमा पनि राज्यपक्षबाट पीडित भएको घटना भएनन भने अन्य पक्षबाट ३२ जना व्यक्ति पीडित भएका छन् । दैलेखमा अन्यपक्षबाट ९५ जना पीडित भए । जाजरकोटमा राज्यपक्षबाट पाँच र अन्यपक्षबाट ३६ जना पीडित भएका छन् । रुकुमपश्चिममा राज्यपक्षबाट एक र अन्यपक्षबाट २८ जना व्यक्ति मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा पीडित भएका छन् । सल्यानमा अन्यपक्षबाट ९० जना पीडित भए । यस्तै प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा राज्यपक्षबाट २७ र अन्यपक्षबाट १ सय ४ जना व्यक्ति मानव अधिकार उल्लङ्घनका घटनामा पीडित भए । इन्सेकले अभिलेखिकरण गरेको उक्त तथ्याङ्कलाई हेर्दा १० जिल्लामध्ये सुर्खेतमा सबैभन्दा बढी मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना भएका छन् भने डोल्पामा सबैभन्दा कम घटना भएको पाइयो ।
प्रदेशको मानव अधिकार उल्लङ्घनको सूचकाङ्कलाई हेर्दा सन् २०२३ को मानव अधिकार उल्लङ्घन सूचकाङ्कमा कर्णाली तेस्रो स्थानमा रहेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले फागुन ७ गते सार्वजनिक गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ अनुसार नकारात्मकबाट प्रदेशको मानव अधिकार उल्लङ्घनको सूचकाङ्क हेर्दा बागमती पहिलो, मधेश दोस्रो र कोशी तेस्रो छन् । त्यसैगरी सकारात्मक नतिजाबाट सुदूरपश्चिम पहिलो, गण्डकी दोस्रो र कर्णाली तेस्रो स्थानमा रहेका छन् ।
शारीरिक हिंसा प्रतिबिम्बित हुने मानव अधिकार उल्लङ्घनको समग्र सूचकाङ्कमा कर्णालीको ३१.२५ अङ्क रहेको छ । त्यसैगरी बाग्मतीको ८५.२४, मधेशको ६४.३९, कोशीको ४९.८१, लुम्बिनीको ४२.१२, गण्डकीको १६.३६ र सुदूरपश्चिमको ९.५१ अङ्क रहेको छ ।
जगतदल जनाला विक
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…