मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट दैनिक २५ जनाभन्दा बढी पीडित

  ०८० फागुन ८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपालमा हरेक दिन २५ जनाभन्दा बढी मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट पीडित भएका तथ्याङ्क सार्वजनिक गरेको छ ।

इन्सेकले फागुन ७ गते सार्वजनिक गरेको सन् २०२३ मा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना र पीडितको तथ्य र तथ्याङ्क समेटेर तयार पारेको नेपाल मानव अधिकार वर्ष पुस्तक अनुसार नेपालमा हरेक दिन २५ जनाभन्दा बढी पीडित भएका उल्लेख छ ।

इन्सेकले सन् २०२३ मा नेपालमा कुल ९ हजार ३ सय ८८ जना मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट पीडित भएका तथ्याङ्क सार्वजनिक गरेको हो । यसलाई दिनाङ्कमा गणना गर्ने हो भने २५.७२ जना पीडित भएका देखिन्छ ।

इन्सेकका अनुसार, यो एक वर्षमा राज्य पक्षबाट ६ जना र अन्य पक्षबाट ३ सय १७ जनाको हत्या भएको छ ।

photo20240220ktm1

कुन प्रदेशमा कुन पक्षबाट कति पीडित ?

सन् २०२३ मा सबैभन्दा बढी बागमती प्रदेशका २ हजार २ सय ७४ जना पीडित भए । बागमती प्रदेशका ६ जनाभन्दा बढी दैनिक पीडित भएका इन्सेकको वर्ष पुस्तकले देखाएको छ ।

data table_2023

कुन महिनामा कति पीडित ?

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ अनुसार सबैभन्दा बढी २०२३ को डिसेम्बरमा १ हजार ४ सय ४० जना पीडित भए । डिसेम्बर महिनामा सरदर दैनिक ४६ जना मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट पीडित भएका इन्सेकले जनाएको छ ।

photo20240220ktm


अनलाइन डेस्क