मानव अधिकार उल्लङ्घनका विषयलाई साझा मुद्दा बनाउन आवश्यक : अध्यक्ष डा. अर्याल

  ०८० असाेज १५ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अध्यक्ष डा. कन्दन अर्यालले मानव अधिकार उल्लङ्घनका विषयलाई पत्रकार र मानव अधिकार रक्षकले साझा मुद्दा बनाउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले इन्सेकको आयोजनामा असोज १४ गते मानव अधिकारको संरक्षण र सम्वर्द्धनमा पत्रकारिताको भूमिका विषयक तालिमको समापन सत्रमा बोल्दै यस्तो बताउनुभएको हो ।

सत्यसँग रहेर काम गर्ने हो । जसको शक्तिका रुपमा जनता रहन्छ । मानव अधिकार उल्लङ्घनका घटनामा दुबै पक्षले सामूहिक सवाल बनाएर लिन आवश्यक छ । पत्रकार र मानव अधिकार रक्षक एउटै डुङ्गाका यात्री भएको र पत्रकारिताको विकासका लागि मानव अधिकार आवश्यक रहेको अध्यक्ष अर्यालको भनाइ छ ।

इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले यो तालिमले प्रविधिको प्रयोगसँग मानव अधिकारका सवालमा पत्रकार र मानव अधिकार रक्षकबिच सहकार्य गरेर अगाडी  बढ्न सहज हुने बताउनुभयो । मान अधिकारका सवालमा लेख्न तालिमले पत्रकारको क्षमता विकासमा सहयोग पुगेको संयोजक सुवेदीको भनाइ छ ।

त्यस्तै आरआर क्याम्पस पत्रकारिता र आमसञ्चार विभाग प्रमुख एवं तालिमका प्रशिक्षक डा. श्रीराम पौडेलले तालिमपछि पत्रकारलाई मानव अधिकारका विषयमा लेख्न सहज हुने विश्वास व्यक्त गनुभयो ।

तालिममा सहभागी पत्रकार ज्योति कटुवालले तालिमबाट मानव अधिकार र त्यसको रिपोर्टिङ्गको विषयमा सिकाई भएको भन्दै त्यसको प्रयोग अब आफ्नो मिडिया हाउसमा त्यस्ता समाचारलाई प्रथामिकता दिने बताउनुभयो ।

तालिममा सहभागी अर्का पत्रकार ओम शाहीले मानव अधिकारसम्बन्धी यो तालिम आफ्ना लागि पहिलो भएको बताउनुभयो । यो तालिमले मलाई मान अधिकारका सवालमा लेख्न उत्प्रेरित गरेको छ । विभिन्न तथ्याङ्कको पहिचान र गुगल अलर्ट लगायतका विषयमा जानकारी भएकाे उहाँले बताउनुभयाे ।

त्यस्तै तालिममा सहभागी पत्रकार कल्पना ढ्याङ्गा मगरले यो तालिमले मानव अधिकार रक्षक र पत्रकार बिच भएका समानता र असमानताका विषयमा जानकारी भएको भन्दै तालिमबाट सिकेका कुरालाई व्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  दुई दिने तालिममा कर्णाली प्रदेशका सात जिल्ला सुर्खेत, दैलेख, रुुकमपश्चिम, सल्यान, जाजरकोट, जुम्ला र कालिकोट गरी ३० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

तालिमको सहजीकरण आरआर क्याम्पस पत्रकारिता र आमसञ्चार विभाग प्रमुख डा. श्रीराम पौडेल, मध्यपश्चिम विश्वविद्यालय आमसञ्चार र पत्रकारिताका उपप्रध्यापक युवराज शर्मा र केशवी जोशीले गरेको इन्सेकका कार्यक्रम संयोजक किरण पौडेलले जानकारी दिनुभयो ।

Photo20231002Surkhet (2)

Photo20231002Surkhet (3)

Photo20231002Surkhet (6)

Photo20231002Surkhet (5)

Photo20231002Surkhet (1)


जगतदल जनाला विक