मानव अधिकार आयोगद्वारा सुनसरीका पत्रकार र अधिकारकर्मीसँग अन्तरक्रिया
राष्ट्रिय मानव अधिकार आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालयले सुनसरीका अधिकारकर्मी र पत्रकारसँग आगामी निर्वाचनमा हुन सक्ने अधिकार हनन् र त्यसको न्यूनीकरणका लागि गर्न सकिने पहलका बारेमा छलफल गरेको छ ।
अन्तरक्रियामा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय निर्देशक झङ्कर रावलले जेठ ३१ गते हुने स्थानीय तह निर्वाचनको तयारी र त्यसले मानव अधिकारको क्षेत्रमा पुग्नसक्ने असरका बारेमा सचेत हुन पत्रकार तथा अधिकारकर्मीहरूलाई आग्रह गरे । उनले सुनसरीमा निर्वाचनमा भाग नलिने समूहको गतिविधिले मानव अधिकार संरक्षणमा असर पर्नेसक्ने भन्दै सचेत गराए ।
कार्यक्रममा सहभागीले मानव अधिकार आयोग गाउँगाउँसम्म पुग्नु पर्ने बताए । गाउँमा बालविवाहका घटना धेरै भएको भन्दै त्यसको न्यूनीकरणका लागि आयोगले पहल गर्नुपर्ने उनीहरूको भनाइ छ ।
कार्यक्रममा मानव अधिकार सञ्जाल सुनसरी, मानव अधिकार रक्षक परिषद पूर्वाञ्चल, नेपाल पत्रकार महासङ्घलगायत मानव अधिकार अभियानमा सक्रिय सङ्घ संस्थाका प्रतिनिधि र पत्रकार सहभागी थिए ।
शेखर ढकाल
सम्बन्धित समाचारहरू
मधेस प्रदेशस्तरीय वातावरण मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक, मुक्ति नेपाल र महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनमा चैत १५ गतेदेखि मानव अधिकार रक्षकहरूको अवस्था बारे मधेस प्रदेशस्तरीय समीक्षा बैठक तथा कार्याशाला…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–४ का २२ वर्षीय जोगिन्द्र मुखियाविरुद्धको मुद्दा चैत १५ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलाशले फरार…
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा इन्सेकद्वारा धारणा सार्वजनिक
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले गत फागुन २९ गते राजपत्रमा…
अमानविय व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
गोलबजार नगरपालिकाका नगर प्रमुख ५० वर्षीय श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेर अमानविय व्यवहार गरेको आरोपमा नहरा गाउँपालिका–४ का ४३ वर्षीय साधुशरण महराविरुद्ध चैत १५ गते प्रहरीले उजुरी दर्ता गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत उत्तरपदेश, रामपुर घर भई हाल धनगढी उपमहानगरपालिका—१३ मोहनपुरमा डेरा गरी बस्ने ५० वर्षीय रिजवान खानलाई चैत १४ गते गिरफ्तार गरेको छ ।…