मानव अधिकार आयोगद्वारा रोल्पामा द्वन्द्वकालीन घटनाको अनुसन्धान सुरु

राष्ट्रिय मानव अधिकार आयोगले रोल्पा जिल्लामा द्वन्द्वकालीन समयमा भएका घटनाको अनुसन्धान अगाडि बढाएको छ ।

आयोगको क्षेत्रीय कार्यालय नेपालगञ्जबाट मानव अधिकार अधिकृत टङ्क खनालको नेतृत्वमा आएको टोलीले जिल्लाको कोटगाउँ, जङ्कोट, गैरिगाउँ, लिवाङ, गजुल, खुमेललगायतका गाविसमा पुगेर पीडित परिवार, प्रत्यक्षदर्शीसँग भेटघाट गरी घटनाको अनुसन्धान थालेको हो ।

photo20170129rolpa

द्वन्द्वकालीन समयमा बलपूर्वक बेपत्ता, हत्या, विस्थापित, धम्की, चन्दा आतङ्क, घाइते, अङ्गभङ्ग भएकोलगायतका विषयमा छानबिन गरी न्यायका लागि आयोगमा दर्ता भएका पीडितहरूको उजुरीका सम्बन्धमा अनुसन्धान थालेको मानव अधिकार अधिकृत टङ्क खनालले जानकारी दिए । साथै टोलीले अनुसन्धानका क्रममा जिल्लास्थित सरोकारवाला तथा द्वन्द्वपीडितहरूसँग अन्तरक्रिया समेत गरेको आयोगले जनाएको छ ।


माधवकुमार ओली