मानव अधिकार आयोगद्वारा आयोजित विकास र मानव अधिकार विषयमा अन्तरक्रिया सम्पन्न
राष्ट्रिय मानव अधिकार आयोगले ०७६ जेठ २ गते चौतारामा विकास र मानव अधिकार विषय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्लामा रहेका विभिन्न सरोकारवाला निकायहरूको बीचमा भएको अन्तरक्रिया कार्यक्रममा आयोगका सदस्य सुदिप पाठकले नागरिकहरूको सम्बृद्धि र सुखी नेपाली बनाउनको लागि विकास आवश्यक रहेकाले विकासका पुर्वाधारहरू सुरू गर्दा मानवमैत्री बन्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नातिबावु धितालले कानुनी राज्य नै मानव अधिकारमैत्री भएकाले विभिन्न स्वास्थ्य संस्थाहरूमा तोकिएको औषधिको अभाव, वैदेशिक रोजगारीमा गएका नेपालीहरूको अधिकारको सवाल, विकासको नाममा भएका विनाश र महिला तथा बाल हिंसाका घटनामा भएको बृद्धिले मानव अधिकार अवस्था जोखिममा परेको धारणा राखेका थिए ।
प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जिल्लाको सबै विकासका योजनाहरू मानव अधिकारमैत्री बनाउन पहल सुरू गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
विभिन्न सरोकारवाला तथा कार्यालयका प्रमुखहरूले आफूले देखेका र भोगेका कुराहरू राष्ट्रिय मानव अधिकार आयोगलाई सुझावको रूपमा राखेका थिए ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…