मानव अधिकार आयोगका केन्द्रीय अध्यक्ष र मानव अधिकारकर्मीहरूबीच अन्तरक्रिया
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय जनकपुरधाममा २०८१ माघ २९ गते मानव अधिकार उल्लङ्घनका घटनाहरूको बारेमा प्रदेश तहमा मानव अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रम राष्ट्रिय मानवअधिकार आयोगका केन्द्रीय अध्यक्ष तप बहादुर मगर र सात ओटै प्रदेशमा रहेका आयोगका प्रादेशिक कार्यालयहरूको सहकार्यमा मानव अधिकारकर्मी तथा पत्रकारहरूसँग छलफल गरी सम्पन्न भएको थियो ।
त्यस्तै राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेश कार्यालय जनकपुरधामले सरोकारवालाहरूसँग अन्तरक्रिया गरेर प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटनाहरूको विषयमा जानकारी लिएको छ । कार्यक्रममा सहभागीहरूले मधेश प्रदेशका जिल्लाहरूमा जातीय छुवाछुत, महिला हिंसा तथा विभिन्न बहानामा राज्य पक्षबाट हुने मानव अधिकार उल्लङ्घनका घटनाको विषयमा आयोगलाई जानकारी दिनुभएको थियो ।
अनौपचारिक क्षेत्रसेवा केन्द्र (इन्सेक)का मधेश प्रदेश संयोजक राजु पासवानले पछिल्लो समयमा मानव अधिकार उल्लङ्घनको घटनाको स्वरूप फेरिएर महिला हिंसा, जातीय छुवाछुतको घटनामा वृद्धि भएको जानकारी गराउनु भयो । यसमा आयोगलाई गम्भीर हुनका लागि ध्यानाकर्षण गर्नु भयो ।
फरक क्षमता भएका अधिकारकर्मी किरण पासवानले अहिले पनि अपाङ्गमैत्री संरचना नभएको कारणले फरक क्षमताका व्यक्तिहरू विभिन्न अधिकारहरूबाट वञ्चित हुने गरेकोले दिन प्रतिदिन समस्या थपिँदै गएको दुख्सो पोख्नुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय अध्यक्ष तप बहादुर मगरले सिफारिसहरूको कार्यान्वयन गर्नका लागि नागरिक समाजले सरकारलाई दवाव दिन जरुरी रहेको बताउनु भयो । उहाँले मानव अधिकार उल्लङ्घनको विषय बृहत् भएकाले छुवाछुत तथा जातीय विभेदका कुराहरू हेर्नका लागि विभिन्न आयोगहरू भएको र त्यसले काम नगरेपछि मानव अधिकार आयोगले काम गर्ने अध्यक्ष मगरले बताउनु भयो । अध्यक्ष मगरले मानव अधिकार सम्बन्धि विभिन्न घटनाहरूको अनुसन्धान तथा तहकिकात गर्नका लागि आयोगले अन्य संवैधानिक आयोगहरूसँग सहकार्य गरेर काम गर्नका लागि संयन्त्र बनाएको बताउनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेलले सिमित साधन श्रोतका बीचमा पछिल्लो अवस्थामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारहरूको संरक्षणमा आयोगले काम अगाडि बढाएको बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशका कार्यालय प्रमुख बुद्धनारायण सहनीले मधेस प्रदेशमा मानव अधिकारको अवस्था तथा आयोगको प्रादेशिक कार्यालयमा सबैभन्दा बढी घरेलु हिंसाको नयाँ तथा पुराना उजुरीका विषयमा जानकारी गराउनुभयो ।
सन्तोषकुमार यादव
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–१२ का २१ वर्षीय अशोक चौधरीलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले म्याङलुङ नगरपालिका-१० का १९ वर्षीय भिमबहादुर विश्वकर्मालाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश भीमबहादुर निरौलाको ०८१ चैत…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १५ वर्षीय बालकलाई ०८१ चैत १२ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई चैत १० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले…
खानेपानीको समस्या झेल्दै बेलस्वाराका स्थानीय
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–१६ मा पर्ने बेलस्वाराका स्थानीयले खानेपानीको समस्या झेल्दै आएका छन् । गाउँ नजिक रहेको धरादी खोलाबाट पानी ल्याइएको भए पनि पर्याप्त नहुँदा समस्या झेल्दै आएको…
बलात्कार घटनाका आराेपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेथानचोक गाउँपालिका–४ गुम्बुडाँडाका २५ वर्षी विवेक नेपालीलाई ०८१ चैत ११ गते प्रहरीले गिरफ्तार गरेको छ पीडित बालिकालाई आराेपितले चैत १० गते राती बलात्कार गरेकाे भन्दै…