मानव अधिकार अभिलेखिकरण व्यवस्थित गर्नु पर्नेमा जोड
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले मानव अधिकार अभिलेखिकरण व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन् ।
इन्सेकद्वारा कात्तिक ४ र ५ गते काठमाडौँमा आयोजित परियोजनाको प्रतिफल तथा प्रभाव अनुशिक्षण (ओआइओ) कार्यशालाको उद्घाटन सत्रमा अध्यक्ष प्याकुरेलले सो कुरामा जोड दिएका हुन् ।
सो अवसरमा परियोजनासँग सम्बन्धित सूचना तथा अभिलेखिकरणलाई एक अपसमा आदानप्रदान गर्नु पर्नेमा अध्यक्ष प्याकुरेलले जोड दिए ।
जनताको अधिकार संरक्षण र सर्म्बर्द्धनका लागि ग्रामीण तहबाटै कामको सुरुवात गर्नु पर्ने उल्लेख गर्दै अध्यक्ष प्याकुरेलले समुदायमा परिवर्तन आउने गरी क्रियाकलाप गर्नु पर्ने बताए ।
इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले परियोजनामा अनुगमन र मुल्याङ्कनलाई बढी ध्यान दिन सुझाव दिए ।
दुइ दिनसम्म सञ्चालन हुने कार्यशालामा ब्रेट फोर द वर्ल्डकी एनके सुमन र परामर्शदाता डिल्लीराज जोशीले प्रतिफल तथा प्रभावका बारेमा सहजिकरण गरिरहेका छन् ।
कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयका लेखा शाखा, पिर्एमई, कार्यक्रम फोकल पर्सन र क्षेत्रीय कार्यालयका प्रलेख अधिकृत तथा कार्यक्रम फोकल पर्सनको सहभागिता रहेको छ ।
इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालय, काठमाण्डौँ
सम्बन्धित समाचारहरू
महिला हत्या घटनाका आरोपित गिरफ्तार
चितवनको राप्ती नगरपालिका-७ घर भई हाल काठमाडौँ महानगरपालिका-२६ भगवती बहाल बस्ने २६ वर्षीया जेनिशा तामाङलाई कुटपिट गरी हत्या गरेको आरोपमा काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका-१० का ३० वर्षीय अमर रञ्जितकारलाई प्रहरीले ०८०…
अज्ञात पक्षद्वारा धारिलो हतियार प्रहार गरी हत्या
अज्ञात पक्षद्वारा प्रतापपुर गाउँपालिका– ८, बेरिहवाका ५१ वर्षीय तिलकराज भेडियार र उनकी पत्नी ५० वर्षीया निर्मला भेडियारको घर नजिकै रहेको भैसीगोठमा सुतिरहेको अवस्थामा जेठ २३ गते धारिलो हतियार प्रहार गरी…
बालविवाह कसुरमा तीन वर्ष कैद
१४ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा खडक नगरपालिका–९ लालपट्टीका २१ वर्षीय धिरेन्द्रकुमार साहलाई जेठ २४ गते तीन वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश डा. राजेन्द्रप्रसाद आचार्यको इजलासले आरोपितले…
मानव बेचबिखन कसुर ठहर गर्दै १५ वर्ष कैदको फैसला
१४ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुर ठहर गर्दै जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले जेठ २२ गते राजपुर गाउँपालिका–७ की ३० वर्षीया सृया भनिने शान्ति थापा मगरलाई १५ वर्ष कैदको फैसला…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नगरपालिका–१३ का ३६ वर्षीय शुरेश कुमार साहलाई इलाका प्रहरी कार्यालय लहानले जेठ २१ गते गिरफ्तार गरेको छ । आरोपितले जेठ ८ गते बलात्कार…