मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयन विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न
राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा, जिल्ला प्रशासन कार्यालय र इन्सेककाे समन्वयमा मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयन विषयक अन्तर्क्रिया कार्यक्रम ०८० कात्तिक १ गते सम्पन्न गरेको छ ।
राष्ट्रिय मानव अधिकार आयोगका निमित्त प्रमुख रेवा रेग्मी र मानव अधिकार अधिकृत लक्ष्मी पौडेलले विश्वव्यापी आवधिक समिक्षा, मानव अधिकार कार्ययोजना कार्यन्वयन बारे प्रस्तुति गर्नु भयो ।
प्रमुख जिल्ला अधिकारी चन्द्र अधिकारीले जिल्लामा पाँचौँ मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्ययाेजना कार्यन्वयन जिल्ला समन्वय समिति गठन भएकोले तत्काल बैठक बसेर छलफल गर्ने बताउनु भयो । जिल्ला अस्पतालका डा. अमित कुमार शाहले मातृ मृत्यु दर घटे पनि अझै शिशु मृत्यु दर न्यूनीकरण गर्न सबै जना लाग्नु पर्ने बताउनु भयो ।
उक्त कार्यक्रममा बोल्दै महिला अधिकारकर्मी सुनिता गुरुङले कामका लागि बालबालिका तथा युवाहरू बाहिर जोखिमयुक्त काममा पुगेको र ९ देखि १२ कक्षामा विद्यालय छाड्ने बढेको बताउनु भयो ।
यस कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका उपप्रमुख विजय लामाले रसुवामा द्वन्द्वकालमा धेरै मानव अधिकार उलङ्घन भएको बताउनु भयो । उहाँले हाल त्यस्ता घटना कम भएको तर गाउँगाउँमा केही आपराधिक घटन हुने गरेको र बालबालिकालाई मानव अधिकार शिक्षा आवश्यक रहेकोमा उल्लेख गर्नुभयो ।
शिक्षा समन्वय इकाईका प्रमुख रमाकान्त अर्यालले ९ देखि १० कक्षामा पढ्ने बालबालिकाहरूकाे विद्यालय छाड्ने दर घट्न नसकेको कारणमा श्रमका लागि बाहिर जाने र बाल विवाह भएको बताउनु भयो ।
इन्सेकका जिल्ला प्रतिनिधि हेमनाथ खतिवडाले कार्यक्रमको उद्देश्य र सहजीकरण गर्दै कार्यक्रमबाट महिला शसक्तिकरण र स्थानीय सरकारलाई जिम्मेवार बनाउन र मानव अधिकार मैत्री शासन व्यवस्था प्रणालीलाई अवलम्बन गर्नको लागि सबैमा जागरुक हुन जरुरी रहेको बताउनु भयो ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा
सम्बन्धित समाचारहरू
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन…
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम शुरु
विनासकारी भूकम्पले घरमा क्षति गरेपछि त्रिपालमुनि बसेका पीडितहरुका लागि अस्थायी आवास निर्माणमा पहिलो किस्ता रकम स्थानीय तहमा पठाएपछि निर्माणको काम शुरु भएको छ । विपद व्यवस्थापन कोषमा जम्मा भएको रकम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते बलात्कार…