मानव अधिकारको सुनिश्चितताका लागि प्रदेश सरकार संवेदनशिल छः मन्त्री बराल
मानव अधिकारको सुनिश्चितता गर्नका लागि प्रदेश सरकार संवेदनशिल भएर अगाडी बढने प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताउनुभएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बुटवलमा आयोजना गरेको नागरिक तथा राजनीतिक अधिकार र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी प्रदेशस्तरीय कार्यशाला कार्यक्रममा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
सामाजिक विकास मन्त्री बरालले मानव अधिकारका विषय स्वभाविक रूपमा सबैका लागि महत्वपूर्ण रहेको बताउदै मानव अधिकारमा चुनौती पनि बढिरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रदेश सभाका उपसभामुख कृष्णी थारुले प्रदेश सभाले ४८ ओटा कानुन निर्माण गरेको बताउँदै अझै धेरै कानुन निर्माण गर्न बाँकी रहेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले केन्द्रिकृत मानसिकता परिवर्तन नहुँदासम्म समस्या भइरहने बताउनुभयो ।
प्रदेश सभा सदस्य दिपा बिकले केन्द्रिकृत मानसिकता नहटदासम्म कानुन कार्यान्वयनमा जटिलता आउने बताउनु भयो । उहाँले सोच परिवर्तन नभएसम्म यस्तो समस्या रहिरहने भएकोले सबैभन्दा पहिला सोच परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेश सभा सदस्य पुष्पा थारुले समाजमा रहेको पितृसतात्मक सोच रहिरहेसम्म हिंसाजन्य घटना भइरहने बताउनुभयो । ‘कानुन छन कार्यान्वयन हुँदैनन् । त्यसकारण हिंसा रोक्नका लागि सबैले ध्यान दिनुपर्छ ।’–उहाँले भन्नुभयो ।
प्रदेश सभा सदस्य डा. कृष्णप्रसाद न्यौपानेले कानुन कार्यान्वयनको पाटोमा जोड दिन नसक्दा समस्या भएको बताउनुभयो ।
प्रदेश सभा सदस्य अष्ठभूजा पाठकले विभेदकारी नीति रहँदासम्म नागरिक तथा राजनीतिक अधिकार र आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षण हुन नसक्ने बताउनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५ की निर्देशक सम्झना शर्माले कैदीबन्दीको अधिकारको सवालमा प्रदेश सरकारले ध्यान दिनुपर्ने तथा कारागार र हिरासत सुधारलाई ध्यानमा राखी भौतिक संरचनाका लागि बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेण्डण्ट डाक्टर राजेन्द्र खनालले सोच परिवर्तन नभएसम्म नागरिकका अधिकारहरू संरक्षित नहुने बताउनुभयो ।
उहाँले समाजमा छोरा र छोरीलाई हेर्ने र गर्ने व्यवहार लिङ्गको आधारमा गरिने गर्भपतनले पनि मान्छेको बाँच्न पाउने अधिकार खोसिएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
काठमाडौँ स्कुल अफ लका सहप्रध्यापक कपिल अर्यालले नागरिक तथा राजनीतिक र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको विषयमा मानव अधिकारको विकासक्रम, संयुक्त राष्ट्रसङ्घको स्थापना भन्दा पहिला र पछिको अवस्थाका बारेका छलफल चलाउनुभएकाे थियो ।
तेस्रो लिङ्गी अधिकारकर्मी आनिक रानाले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई राज्यले विभेद गरेको भन्दै राष्ट्रिय जनगणनामा पनि विभेद गरेको बताउनुभयो ।
अपाङ्गता अधिकारकर्मी सावित्रा घिमिरेले अपाङ्गता भएका व्यक्तिहरूलाई पछाडि पारिएको भन्दै त्यस्ता समुदायको सवालमा राज्य गम्भीर हुनुपर्ने बताउनुभयो ।
रीमा बिसी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…