मानव अधिकारको संरक्षण र सम्बर्द्धनका लागि प्रहरी र समूदायबिच समन्वय हुन आवश्यक

  ०७८ मङ्सिर ६ गते

मानव अधिकारको संरक्षण र सम्बर्द्धन गर्नको लागि प्रहरी र विद्यार्थीबिच समन्वय हुन आवश्यक रहेको एक कार्यक्रममा औलयाीइएको छ ।

सिसु, डिसिएको सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज, जिल्ला प्रहरी कार्यालय, बाँके र नेपाल पत्रकार महासङ्घ, बाँकेको संयुक्त आयोजनामा मङ्सिर ६ गते  बैजनाथ गाउँपालिका आयोजित  मानव अधिकार संरक्षण तथा सामाजिक विकृति विङ्ंगती विरूद्ध गाउँपालिका स्तरिय समुदाय र प्रहरीबिच छलफल कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी श्यामकृष्ण अधिकारीले उक्त कुरा बताउनु भएको हो ।

एसपी अधिकारीले पछिल्लो समयमा प्रहरीहरूले मानव अधिकारको संरक्षण र सम्वद्र्धनको विषयमा अध्ययन गरेर आएको हुनाले प्रहरीहरूले उल्लङ्घनका घटनाहरूलाई रोकथाम गर्न प्रहरी साझेदारी कार्यक्रम, प्रहरी मेरो साथी जस्ता नाराहरु ल्याएर काम गरेको बताउनु भयो । उहाँले लागु पदार्थ सेवन रोकथाम गर्न र सडकमा हुने दुर्घटनाहरूमा  कमी ल्याउन विद्यार्थि र समूदायका युवाहरूसँग समन्वय गरेर काम गर्ने बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी सिडिओ सुर्यबहादुर खत्रीले पहिले नागरिकहरू आफ्नो अधिकारबाट वञ्चित रहेको बताउदै अहिले अन्तराष्ट्रिय कानुन र महासन्धि बनेपछि नागरिकहरूले अधिकारको प्रत्याभुति गरेको बताउनु भयो । उहाँले बाल अधिकार सुनिश्चित गर्न , महिलाको हक अधिकार सुनिश्चित गर्न  र छुवाछुतको विषयलाई अन्त्य गर्नको लागि कानुन निमार्ण भएको बताउँदै कानुन कार्यान्वयनमा ल्याउनु सबैको दायित्व भएको बताउनु भयो ।

photo2021112202banke

बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले समाजमा रहेका विकृति विसङ्गतिको रोकथाममा सधै जनप्रतिनिधिहरू लागी परेको बताउनु भयो । उहाँले लागु औषध रोकथाम गर्नको लागि प्रहरीसँग छलफल र समन्वयलाई तिब्रता दिने बताउनु भयो ।

रुचालले समाज परिवर्तन गर्नको लागि समाजमा रहेका विकृतिको अन्त्य पहिलो प्राथमिकता भएकोले राज्यले निर्माण  गरेका निति तथा कानुनलाई कडा रुपमा कायान्वयनमा ल्याउनु पर्ने बताउनु भयो ।

बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष सारदा रेग्मी विकले लागुपदार्थ सेवन गनर्ने मानिसहरु ग्रामीण क्षेत्रमा बढी भएकोले यसको रोकथाममा गाउँपालिकाले काम गरीरहेको बताउनु भयो ।

इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले राज्यले सञ्चालन गरेको कार्यक्रमको प्रभावकारीता कस्तो छ भन्ने विषयमा छलफल गर्न आग्रह गर्नु भयो । उहाँले मानव अधिकारको उल्लङ्घनको रोकथाम गर्न सबैले सहकार्य गरेर अगाडि बढनु पर्ने बताउनु भयो ।

photo2021112203banke

नेपाल पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगीले पत्रकारहरूले मानव अधिकारको सङ्रक्षणको लागि कलम चलाइरहेको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी मधुसुदन न्यौपानेले सामाजिक विकृति विसंगती न्युनिकरण गर्न प्रहरीको भुमिका, एडभोकेशी फोरमका संयोजक बसन्त गौतमले उपभोक्ताको अधिकारको विषयमा र पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगीले सुचनाको अधिकारको विषयमा सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रममा  बैजनाथ गाउँपालिकाका  विभिन्न इकाइमा कार्यरत शिक्षक, विद्यार्थी,  मानव अधिकार रक्षक सञ्जाल, समुह र  प्रहरीहरूको सहभागिता रहेको थियो ।


स्मृति देवकोटा