मानव अधिकारको अवस्थाबारे जिल्ला प्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

  ०७८ पुस २६ गते

बागमती प्रदेशको मानव अधिकारको अवस्थाबारे जिल्ला प्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम पुस २५ गते धुलिखेलमा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै इन्सेक कार्यसमिति सदस्य रघुनाथ अधिकारीले नेपालको समग्र मानव अधिकारको तथ्याङक राख्ने कामाना इन्सेक एक्लो दौडमा रहेको उल्लेख गर्दै आगामी दिनमा यसको गरिमा जोगाई राख्न जरुरी रहेको बताउनुभयो ।

IMG_20220109_143515इन्सेकका जिल्ला प्रतिनिधिहरू नेपालको मानव अधिकार क्षेत्रको रक्षक र प्रवर्दक रहेको उहाँको भनाई थियो ।

थोरै स्रोत र साधनका बावजुत पनि इन्सेकका जिल्ला प्रतिनिधिले धेरै काम गरेको बताउंदै उहाँले जिल्लाबाट सूचना पठाउँदा व्यवस्थित रूपमा पठाउन र आगामी दिनमा उपभोक्ताको अधिकार हननका विषयसन्ग गाँसिएका घटनाहरू अभिलेखीकरणमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

यसैगरी इन्सेक कार्यकारी निर्देशक विजयराज गौतमले मानव अधिकार वर्षपुस्तक इन्सेकको गौरव रहेकाले यसलाई आजको दिनसम्म निरन्तर प्रकाशन गर्न सक्नुमा जिल्ला प्रतिनिधिहरूको ठूलो भूमिका रहेको बताउनुभयो ।

वर्षपुस्तकमा आउने धेरै सूचना इन्सेकका जिल्ला प्रतिनिधिबाट आउने गरे तापनि प्रहरी या अन्य स्रोतमार्फत लिइने सूचनाको पुनर्पुष्टि सम्बन्धित जिल्ला प्रतिनिधिले नै गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

इन्सेकका निर्देशक तथा मानव अधिकार प्रलेख तथा पैरवी विभाग प्रमुख श्रीराम बजगाईंले पुस मसान्तभित्रमा सबै जिल्ला प्रतिनिधिले घटनाको सम्पादन र अभिलेख फारम भरिसक्न निर्देशन दिनुभयो ।

उहाँले जिल्लामा भएका कारागार र बन्दीगृहको बेलाबेला अनुगमन गर्न र आफ्नो कारण जिल्लामा पीडितको न्यायको पहुँचमा पुर्याएको प्रभाव र का बारेमा व्यवस्थित अभिलेख राख्न जिल्ला प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो ।

इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले सहजीकारण गरेको कार्यक्रममा बोल्दै इन्सेक इन्सेक सम्पादन समूहका सदस्य गोविन्द त्रिपाठी र रमेश तिमिल्सेनाले अन्य ६ प्रदेशको भ्रमणबाट आएका निस्कर्षहरू सेयर गर्नुभएको थियो ।

साथै वार्षिक सम्पादन भेलामा सहभागी हुनुभएका बागमती प्रदेशका जिल्ला प्रतिनिधिहरूले आ–आफ्नो जिल्लाको अभिलेख प्रस्तुत गर्दै जिल्लाको समग्र मानव अधिकारको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

IMG_20220109_143534

IMG_20220109_143526


विमल पौडेल