मानव अधिकारका प्राथमिक क्षेत्र निर्धारणसम्वन्धी अन्तरसम्वाद सम्पन्न
राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को समन्वयमा पाल्पामा मानव अधिकारका प्राथमिक क्षेत्र निर्धारणसम्बन्धी अन्तरसम्वाद कार्यक्रम जेठ ३० गते तानसेनमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बावुराम गौतमले पाल्पाको मानव अधिकारको अवस्था राम्रो रहेको र सरकारी निकाय मानव अधिकार प्रवर्धनका लागि प्रतिबद्ध रहेको बताए ।
स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डेले मानव अधिकार प्रवर्धनका लागि सरकारी तथा गैरसरकारी निकायको बरावर भूमिका हुने बताए । जिल्ला प्रहरी कार्यालयका एसपी हरिराज वाग्लेले प्रहरी प्रशासन मानव अधिकार संरक्षणका लागि दृढ रहेको बताए ।
सो अवसरमा मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलका मानव अधिकार अधिकृत चन्द्रकान्त चापागार्इँले आयोगले मानव अधिकारका प्राथमिकता निर्धारण गर्न लागेको र प्राथमिकतामा परेका विषयमाथि थप अध्ययन अनुसन्धान गरिने भएकोले कार्यक्रमको आयोजना गरिएको बताए ।
जिल्ला शिक्षा कार्यालय पाल्पाका शाखा अधिकृत महेन्द्र सुवेदीले पाल्पाका विकट ग्रामीण क्षेत्रमा अझैपनि बालविवाह कायमै रहेको र यसको समाधानका लागि विद्यालय स्तरमा बाल अधिकार शिक्षा सुरु गरिएको बताए ।
यज्ञमूर्ति तिमिल्सिना
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–६, बोधवारका १६ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १३ गते बलात्कार गरेको भन्दै…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचखाल नगरपालिका–६ का २९ वर्षीय उमेश दनुवारलाई जिल्ला अदालतले ३ वर्ष कैद, ३० हजार रुपियाँ जरिबाना र घटना बाल विवाह भएको ठहर गरेको छ…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा यशोधरा गाउँपालिका–७, मर्यादपुरका ४९ वर्षीय सञ्जु पासीलाई प्रहरीले ०८१ माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले माघ १७ गते यौन…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दैलेख ढुङ्गेश्वर गााउँपालिका–६, सानो ओइरी घरभइ हाल बाँके जिल्लाको बैजनाथ गाउँपालिका–३, बैरहवाका २२ वर्षीय विमल हिरोजग विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ माघ २३ गते…
विद्यार्थी कुटपिट गर्नेमाथि कारबाहीको माग
लुम्बिनी प्रदेशसभा सदस्य सिके गुप्ताले नवलपरासी प्रतापपुर गाउँपालिका–१ का ६ वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षकमाथि कारबाही गर्न लुम्बिनी प्रदेश सरकारसँग माग गर्नुभएको छ । लुम्बिनी प्रदेशसभाको माघ २२ गते पाँचौँ…