मानव अधिकारकर्मी भएकाले निर्वाचन कर्तव्यको क्षेत्र पर्दछः प्याकुरेल
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले मानव अधिकारकर्मी भएकोले निर्वाचनलाई सम्पन्न गर्ने एउटा कर्तव्यको क्षेत्र पर्ने बताएका छन् ।
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले मङ्सिर २ गते प्यूठानको खलङ्गामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले निर्वाचनको समयमा निर्वाचन पहिला, निर्वाचनको समयमा र निर्वाचन पछिको अवस्थामा पर्यवेक्षकले पर्यवेक्षण गर्दा धरै कुरामा ध्यान दिन आवश्यक रहेको र जिल्लामा निर्वाचनको समयमा पर्यवेक्षण गर्ने संस्थाका समन्वयको खाँचो रहेको बताएका थिय ।
निर्वाचन आचारसंहितालाई राजनीतिक दलहरूसँग कागजी निर्णय मात्र गरी नियन्त्रण नहुने र ठूलाठूला प्वाललाई टाल्नु पर्ने सुझाव सम्बधित पक्षलाई दिँदै हिँडेको अध्यक्ष प्याकुरेलले बताए । निर्वाचनको ठूलो महत्व रहेको र सो निर्वाचनलाई प्रभावकारी बनाउन सञ्चालन गरिएको निर्वाचन शिक्षा चलाउने मानिसहरू नै सो विषयमा प्रष्ट नभएको अनुगमानको क्रममा आफूले पाएको प्याकुरेलले बताए ।
नेपाल मानव अधिकार सङ्गठनका महासचिव महामुनिश्वर आचार्यले देशका निर्वाचन आयोग आफैँमा एउटा स्वतन्त्र निकायका रूपमा काम गर्न नसकिरहेको त्यो कुरा हाम्रो सामु दुखको विषय भएको बताएका थिए । मानव अधिकार र निर्वाचनको समग्र अवस्थाको अनुगमनका क्रममा प्यूठान आएका उनीहरूले यस्तो धाराणा राखेका थिए ।
कार्यक्रममा उपस्थित नागरिक समाजका तर्फबाट नेपाल वार एशोसिएशन जिल्ला शाखा प्यूठानका अध्यक्ष डा. शिवराज पण्डितले राज्यले आस्थाका हिसावमा बिनाकारण नेपाल कम्युनिष्ट पार्टीका कार्याकर्ता गिरफ्तार हुनुमा मानव अधिकारको क्षेत्रमा राम्रो पक्ष नभएको र त्यस विषयमा सबै अधिकारकर्मीको ध्यान जान आवश्यक रहेको बताए ।
निर्वाचनलाई स्वच्छ बनाउनको लागि राजनीतिक दलहरूले निर्वाचनको समयमा चन्दा सङ्कलन गरिएको ठूलो मात्रामा रकमको दुरूपयोग, सत्ता र शक्तिको प्रयोग जस्ता विषयलाई पनि निवारण गर्न सकेको खण्डमा मात्र निर्वाचन स्वच्छ हुने सहभागी बुद्धबहादुर जिसिले बताए ।
रविन्द्र पाण्डे
सम्बन्धित समाचारहरू
जिल्ला कारागार लमजुङबाट भागेका दुई बन्दी मध्ये एक गिरफ्तार
जिल्ला कारागार लमजुङबाट जेठ १८ गते राति दुइजना बन्दी कारागारको पर्खाल चढेर हाम्फालेर भागेका मध्ये एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । रातको समयमा बन्दीहरूले बिक्रीका लागि बनाएका बाँसका मुढाहरू खप्ट्याएर…
हत्या प्रयास गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला
त्रियुगा नगरपालिका-१२ पुरानो गाइघाटका आठ वर्षीय बालक आयन लिम्बूलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-१२ सुनगाभाटोलका अधिवक्ता ५५ वर्षीय इन्द्रकुमार तामाङ्गलाई एक वर्ष कैद सजायको फैसला…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–६ बेल्टारका १९ वर्षीय अजय राईलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ…
हत्या घटनाका आरोपित गिरफ्तार
बाणगंगा नगरपालिका– ६ की १८ वर्षीया अन्जनी थारू र ७० वर्षीय बमबहादुर थारूको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला कञ्चन गाउँपालिका– २ का २२ वर्षीय मोहन थारूलाई जेठ १८ गते…
घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी
कौडेना गाउँपालिका–५ मोतिपुरकी २४ वर्षीया लिलम देवी महतोलाई जेठ १० गते पति २६ वर्षीय विनोद महतो र ससुरा ५२ वर्षीय जोगिन्द्र महतोले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा पीडितले जिल्ला…