मानव अधिकारकर्मीद्वारा राहत वितरण प्रभावकारी भए नभएको अनुगमन गरिने
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जमा साउन ३१ गते बसेको मानव अधिकारकर्मीहरूको बैठकले बाढी पीडितहरूलाई राहत वितरण कार्य र पुनर्स्थापना प्रभावकारी भए नभएको अनुगमन गर्ने र आवश्यकता अनुसार व्यवस्था मिलाउन सम्बन्धित पक्षलाई आग्रह गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा दाङ, बाँके र बर्दियाका बाढी पीडितहरूको अवस्था, उद्धारको अवस्थाका बारेमा छलफल गरिएको थियो । मानव अधिकारकर्मीहरूको टोलीले साउन ३२ गते राप्ती पारीका बाढीग्रस्त क्षेत्रको स्थलगत अनुगमन गर्ने र प्राप्त तथ्यका आधारमा पहल गर्ने योजना रहेको आयोगका मानव अधिकार अधिकृत टङ्क खनालले बताए ।
गैससको नेतृत्वमा आवश्यकता अनुसार राहत सामग्रीका सङ्कलन गर्ने र जिल्ला दैवीप्रकोप उद्धार समितिमार्फत पीडितहरूलाई वितरण गर्ने गरी राहत सङ्कलन गरिरहेको खनालले बताए ।
विनोद पाण्डे
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धुलिखेल नगरपालिका-९ का २० वर्षीय महेश तोलङ्गेलाई प्रहरीले ०८० मङ्सिर १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १० गते धुलिखेलको एक…
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया दुई जना र १७ वर्षीया एक जना बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा तनहुँ नगरपालिका-२ घर भई हाल टोखा नगरपालिका-९, नयाँ बसपार्कस्थित पश्चिम लुम्बिनी गेष्ट हाउस सञ्चालिका २५…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा अजिरकोट गाउँपालिका– ५ का ३१ वर्षीय पुरुषलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर १५ गते यौन…
हत्या घटनाका आरोपित गिरफ्तार
मध्यविन्दु नगरपालिका– १० का ६० वर्षीय होमबहादुर दराईको हत्या गरेको आरोपमा ३५ वर्षीय छोरा रुपेश दराईलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ । होमबहादुरलाई २०८० मङ्सिर १६ गते साँझ…
बिना कसुर थुनामा राखेको भन्दै हिरासतभित्रै अनशनमा
सहकारीको रकम अपचलन गरेको आरोपमा गिरफ्तार परी अनुसन्धानमा रहनुभएका लमजुङको कालिका सहकारीका सञ्चालक समितिका सदस्य मिलन शर्मा दनाई आफूलाई बिना कसुर थुनामा राखेको भन्दै मङ्सिर १५ गते बिहान ५ बजेबाट…