मानव अधिकारकर्मीद्वारा गृह, सञ्चार तथा कानुन मन्त्रालयलाई ध्यानाकर्षण पत्र हस्तान्तरण
मानव अधिकारकर्मीहरुको समूहले २०८० असोज ५ गते गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेस प्रदेशलाई द्वन्द्ध पीडितहरुको शिक्षा तथा उपचारको प्रभावकारी व्यवस्थापन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् ।
इन्सेक, ओरेक, महिला मानवअधिकार रक्षक सञ्जाल, एड्भोकेसी फोरम नेपाल, द्वन्द्ध पीडित महिला राष्ट्रिय सञ्जाल, नेपाल पत्रकार महासंघ धनुषाको संयोजनमा द्वन्द्ध प्रभावित महिलाको आत्मसम्मान र न्यायिक परिपूरणको अबिलम्ब व्यवस्था गर्न तथा संक्रमणकालीन न्याय कानुनी व्याख्याको परिधिबाट फराकिलो पारी महिलालाई स्व न्याय, परिवारिक न्याय र समाजिक न्यायको अनुभुति गर्न स्थानीय प्रदेश र संघ तीनै तहमा सहयोगी संयन्त्र र न्याय प्राप्त गर्न वातावरण निर्माणका लागि समुदाय देखि राष्ट्रिय (अन्तर्राष्ट्रिय सम्म प्रभावकारी कदम चाल्न माग गर्दै गृह, सञ्चार तथा कानुन मन्त्री मोहम्मद समिमलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
मानव अधिकारकर्मी समूहले द्वन्द्ध प्रभावितहरूको अधिकार, सम्मान, संरक्षण र परिपूरणका लागि सरकारसँग निम्न मागहरू–“सरोकारवालाहरूको परामर्शमा द्वन्द्ध पीडित व्यक्तिहरूको तथ्यांक संकलन गरी परिचय पत्रको व्यवस्था, द्वन्द्ध पीडित व्यक्तिहरूको सन्तानहरूको लागि निःशुल्क शिक्षाको व्यवस्था, द्वन्द्ध पीडितहरूको जीवनयापनको लागि विभिन्न किसिमको तालिमको व्यवस्था साथै प्रभावित व्यक्तिहरूको क्षमता अनुसारको रोजगार तथा उसद्यमशीलताका लागि राज्यबाट विशेष लगानी तथा बिना व्याज ऋणकाको व्यवस्था, सरकारी अस्पतालहरूमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था, द्वन्द्ध पीडितको परिपूर्ण सहितको अधिकार सुनिश्चित गर्नको लागि छुट्टै ऐनको व्यवस्था, द्वन्द्धको समयमा परिवारका सबै सदस्य गुमाएका सहाराविहीन नागरिक, जेष्ठ नागरिकहरू, बालबालिकाहरु, श्रम गर्न नसक्ने अपाङ्ग, घाइतेहरूको भरण पोषण, शिक्षा, स्वास्थ्यको सम्पूर्ण जिम्मेबारी सरकारले लिनुपर्ने” सहितको अपिल ध्यानाकर्षण पत्र मार्फत गरेका छन् ।
ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री समिमले प्रदेश सरकारले मात्र चाहेर नहुने भएकोले संघीय सरकारले समयमा नै द्वन्द्ध पीडितहरुको व्यवस्थापन गर्ने बताउनु भयो।
सन्ताेष कुमार यादब
सम्बन्धित समाचारहरू
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
कलैया उपमहानगरपालिका-२४ बेलदारी श्रीपुर की २४ वर्षीया सृजना देवी ठाकुरलाई २६ बर्षीय पति दिनेश ठाकुरले ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले मङ्सिर ११…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
जितपुरसिमरा उपमहानगरपालिका-२० कन्चनपुर की २६ वर्षीया सजमामा खातुनलाई ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरेको आरोपमा ४० बर्षीय जेठाजु जमुदिन मियाविरुद्ध मङ्सिर ११ गते पीडितले जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला,…
प्रसाईंको आन्दोलनमा समर्थन गर्नेलाई गिरफ्तार गरेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
मेडिकल व्यवसायी अभियन्ता दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलनमा सहभागी हुँदा गिरफ्तारीमा परेका शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कासहितका सर्मथकलाई गिरफ्तार गरेको रिटमा सर्वोच्च अदालतले ०८० मङ्सिर १२ गते कारण देखाउ आदेश…
दुर्गा प्रसाईंको आन्दोलनमा सहयोग गरेको आरोपमा दुई जना गिरफ्तार
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गर्दै आइरहनु भएको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को समर्थन गरेको आरोपमा प्रहरीले ०८० मङ्सिर १२ गते दुई जनालाई गिरफ्तार गरेको छ…
प्रहरी कार्यालय परिसरमै पतिद्वारा पत्नीमाथि कुटपिट
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको भोलिपल्टै लमजुङमा प्रहरी कार्यालय परिसरभित्रै पतिद्वारा पत्नीमाथि कुटपिट भएको छ । २३ वर्षीया कृषा रिमाललाई उहाँका पति बेसीशहर–६ मकैडाँडा निवासी २४ वर्षीय…