मानव अधिकारकर्मीको टोली प्रभावितहरूको गाउँघरमा
राष्ट्रिय मानव अधिकार आयोगमा परेका उजुरीहरूको यथार्थ अवस्था छानबिन गर्न आयोग र इन्सेककर्मी सम्मिलित टोलीले माघ ६ गते सप्तरीको विभिन्न गाविसमा अवलोकन निरीक्षण गरेको छ ।
आयोगका मानव अधिकार अधिकृतहरू रेवा रेग्मी, चिरञ्जिवी कोइराला, मानव अधिकार सहायक विभा ढुङ्गाना, इन्सेक सप्तरीका प्रतिनिधि मनोहरकुमार पोखरेलसहितको टोलीले प्रभावितहरूको गाउँघरमा पुगी हालको अवस्थाबारे जानकारी लिएका छन् ।
दश वर्ष देखि थन्किएका पुराना उजुरीको छानबिन गर्न राजविराजसहित कञ्चनपुर, बरमझिया, फत्तेपुर पुगेको टोलीले पीडितहरूसँग भेंटघाट गरी वर्तमान अवस्थाका बारेमा जानकारी लिनुका साथै अपेक्षा सङ्कलन गरेको छ । टोलीले गम्हरिया प्रवाहा गाविस-४ पट्टीटोल पुगेर एकै परिवारका पाँच दृष्टिविहीनसहित अन्य अपाङ्गता भएका व्यक्तिहरूको अवस्थाबारे समेत जानकारी लिएको छ ।
टोलीले जिल्ला प्रशासन कार्यालय, महिला तथा बालबालिका कार्यालय, स्थानीय शान्ति समितिको कार्यालय, कानुनी सहायता समितिमा पुगेर भेटघाट गर्नुका साथै पीडित, प्रभावितहरूको उजुरी र कार्यान्वयन अवस्थाबारे जानकारी लिएको छ । टोलीले उक्त कार्यालयहरूलाई पीडित र प्रभावितहरूको उजुरी सम्बोधनका लागि आवश्यक सम्पूर्ण उपाय अपनाउन सुझाव समेत दिएको छ ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…