मानव अधिकार कार्ययोजना मस्यौदा समिति सदस्यमा इन्सेक प्रतिनिधि चयन
कालिका गाउँपालिका स्तरिय मानव अधिकार कार्ययोजनासम्बन्धी मस्यौदा समितिको सदस्यमा इन्सेकका जिल्ला प्रतिनिधि हेमनाथ खतिवडा चयन हुनु भएको छ ।
स्थनीय तहको कार्ययोजना तयार गर्ने गरी सरोकारवालाहरूको सहभागितामा कालिका गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेको संयोजकत्वमा ०७८ भदौ १९ गते ११ सदस्य रहेको मस्यौदा समिति गठन भएको हो ।
समितिमा पालिकाका पाँचै वडाका वडा अध्यक्षहरू मालफुर्पा तामाङ, बिक्रम लोप्चन, पुष्पराज न्यौपाने, मंगलमान तामाङ र रामहरी देवकोटा साथै सामुदायिक विकास केन्द्र नेपालका प्रतिनिधि, मानव अधिकारकर्मीका तर्फबाट अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का जिल्ला प्रतिनिधि हेमनाथ खतिवडा, पत्रकार गीता न्यौपाने, महिला अधिकारकर्मी मिठू तामाङ र सदस्य सचिवमा कालिका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद सापकोटा रहनुभएको छ ।
मानव अधिकार राष्ट्रिय कार्ययोजनामा भएको व्यवस्था अनुरुप पाँचौँ मानव अधिकार राष्ट्रिय कार्ययोजनाको मूलभूत पक्षहरू बारे छलफल भएको थियो ।
स्थानीयतहले मानव अधिकार कार्ययोजना निर्माणका लागि निजी क्षेत्र, नागरिक समाज तथा मिडियासँग सहकार्य गर्ने प्रावधान अनुरुप कार्ययोजना निर्माण गर्न मस्यौदा समिति गठन गरिएको संयोजक भवानीप्रसाद नयौपानेले बताउनुभयो ।
स्थानीयतहले सहकार्यको वातावरण तयार गर्ने, र नागरिक संस्थाहरूलाई कसरी सहभागी गराउने भन्ने नीति तथा कार्यक्रम समेत तयार गरिने उहाँले बताउनुभयो ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा
सम्बन्धित समाचारहरू
बर्थिङ सेण्टरमा नर्सिङ स्टाफ नहुँदा बाटोमै सुत्केरी
सुनकोशी गाउँपालिका–९ कटुञ्जेकी १७ वर्षीया लालीमाया (खत्री) रापचाले कटुञ्जे स्वास्थ्य चौकीको बर्थिङ सेण्टरमा नर्सिङ स्टाफ नहुँदा साउन २२ गते दिउँसो बाटोमै नवजात शिशुलाई जन्म दिनु भएको छ । साउन २१…
पत्नी र सासूलाई जलाएर हत्या प्रयासको आरोप, आरोपित फरार !
भङ्गहा नगरपालिका–९ की ३५ वर्षीया प्रमिला देवी सदा र प्रमिलाकी ६५ वर्षीया आमा रेशमादेवी सदालाई रामगोपालपुर नगरपालिका–८ का ३८ वर्षीय शङ्कर सदाले साउन २१ गते राति जलाएर हत्याको प्रयास गरेको…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले वेलबारी नगरपालिका–२ का २५ वर्षीय विजय तोलाङ्गीविरूद्ध साउन २१ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितले ०७९ साउन १८ गते केरावारी गाउँपालिका–२…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २२ गते)
साउन २२ गते ४ सय ५१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९० हजार १ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
छात्रालाई दुर्व्यवहार गरको भन्दै विद्यार्थी आन्दोलित
मन्थली नगरपालिका–१ स्थिति मन्थली माविमा सीटीईभीटी अन्तर्गत तीन वर्षे सिभिल सब–ओभरसियरको प्रथम वर्षमा अध्ययनरत १७ वर्षीया छात्रालाई ०७९ साउन १९ गते विद्यालयका विज्ञान शिक्षक २७ वर्षीय लोकबहादुर विष्टले विद्यालय परिसरमा…