मानवअधिकार जिल्ला सञ्जालको बैठकमा भूकम्पपछिको पुर्ननिर्माणको समीक्षा
मानवअधिकार संरक्षण सञ्जाल रामेछापको भदौ ५ गते मन्थलीमा भएको बैठकले भूकम्पपछिको पुर्ननिर्माणको अवस्थाको बारेमा समीक्षा गरिएको छ । सञ्जालका संयोजक पाण्डव प्रसाइँको अध्यक्षतामा भएको बैठकमा जिल्लामा राज्य तथा विभिन्न सामाजिक संस्थाको तर्फबाट भइरहेको पुर्ननिर्माणको कामको बारेमा समीक्षा गरिएको थियो ।
बैठकमा रेडक्रस सोसाइटी रामेछापका सभापति शिवकुमार कार्कीले रेडक्रसमार्फत जिल्लामा हुन लागेको पुर्ननिर्माणको कामको बारेमा जानकारी गराएका थिए । उनले रेडक्रसले रामेछापमा निर्माण गर्ने नीजि आवासको लागी आवश्यक प्राविधिक तयारी भइरहेको जानकारी दिए ।
बैठकमा रामेछाप जिल्ला बारका अध्यक्ष बाबुकाजी दाहाल, विभिन्न मानवअधिकारकर्मी संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । बैठक इन्सेकको समन्वयमा मावनअधिकार संरक्षण सञ्जालले आयोजना गरेको थियो ।
साथै बैठकमा रुट पर्मिट नपाएका सवारी साधनलाई लगाइएको रोक पछि यातायातका साधन नगुड्दा सर्वसाधारणले भोगेको सास्तिको विषयमा पनि छलफल भएको थियो । बैठकमा यस विषयमा थप बुझि समस्या समाधानको लागि सरोकारवालाको ध्यानाकर्षण गराउने समेत सहमति भएको छ ।
नवराज पथिक
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्मा गाउँपालिका–४ घर भई जयपृथ्वी नगरपालिका–९ चौडमा कोठा भाडामा लिएर बन्दैआएका २१ वर्षीय पवन बोहरालाई ०८१ चैत ६ गते गिरफ्तार गरेको छ ।…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मुसिकोट नपा–५, रुकुम पश्चिमका ३० वर्षीय मिलन वनलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले…
स्वास्थ्यकर्मीको लापरबाहीका कारण सीताको मृत्युभएको परिवारको आरोप
मालिकार्जुन गाउँपालिका–४ ऐरीछानाका ४५ वर्षीया सीता धामीको स्वास्थ्यकर्मीको गम्भीर लापरबाहीका कारण ज्यान गएको परिवारजनको आरोप छ । ०८१ फागुन २१ गते परिवार नियोजन मिनिल्याप शिविरमा उहाँको शल्यक्रिया बिगारेको कारण महिलाको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सैनामैना नपा–७, हर्नेयाका १९ वर्षीय शिव मल्लाहलाई चैत ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत २ गते यौन दुर्व्यवहार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया सुस्तमनिस्थिति तथा बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका—८ लोहपुरका १८ वर्षीय राम साउदलाई ०८१ चैत ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…