मानवअधिकार आयोग, दलित आयोग र इन्सेकद्धारा दलित बस्तीको अनुगमन
नरहा गाउँपालिका-१ गौराहा टोलमा रहेका दलित बस्तीका मानिसहरूले हिँड्डुल गर्न बाटो बन्द गरिदिएको घटनाको राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय दलित आयोग र इन्सेक, मुक्ति नेपालले संयूक्तरुपमा ०८१ असोज १४ गते अनुगमन गरेको छ ।
मानवअधिकार आयोग मधेस प्रदेशका प्रमुख बुध नारायण सहनी, दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवान, जिल्ला प्रतिनिधि दुर्गा परियार, मानवअधिकार आयोगका अधिकृत दिपक ठाकुर, मुक्ति नेपालका जिल्ला संयोजक विशेश्वर दास लगायतका टोलीले असोज १४ गते घटनास्थल अनुगमन गरेको छ ।
पीडित उचित सदाले सोही गाउँपालिका-२ रामचलितर यादवको जग्गा हाम्रो टोल नजिक रहेको बताउनु भयो । हामी मजदुरी गरेर छाँक टार्छाै । रामचलितर यादवको खेतमा मजदुरी गर्दा ज्याला कम पाउँछौ तर अरुको खेतमा मजदुरी गर्दा बढी ज्याला पाउने गरेको उहाँले बताउनु भयो । यादव छिमेकी भएकोले कम ज्यालामा पनि काम गरेकै थियौं । तर, एक दिन अरुको खेतमा काम गर्न गएको निहुमा साबिक हिड्ने आलिको बाटोमा ०८१ असोज ६ गते यादवका छोराहरूले "हाम्रो खेतबाट हिडिस भने कुटपिट गर्ने भन्दै नानाथरीका गालि गलौज, धम्की दिदै साबिकदेखि हिड्ने बाटोमा काँडा र बाँसको लठ्ठीले बार लगाएको" सदाले बताउनु भयो ।
जग्गा धनी महेश यादवले भन्नुभयो-“यिनीहरूले हाम्रो खेतमा शौच गर्नुका साथै फोहर फ्याकी खेती गर्न अप्ठ्यारो बनाएको, हामीले दिएको ज्यालामा काम पनि नगर्ने र हाम्रै खेतमा फोहर पनि गर्ने गरेकोले आफ्नो खेत घेरबार गरेको हो” ।
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जनताको सुरक्षा गर्ने जिम्मेबारी स्थानीय सरकार र प्रशासनको भएको बताउनु भयो । आलि, बाटो लगायतका सार्वजनिक बाटोहरू कसैको सम्पति नभएकोले कसैलाई पनि स्वतन्त्ररुपमा हिड्डुल गर्नबाट रोक लगाउनु र दलित तथा गरिब भएकै कारण भेदभाव तथा थिचोमिचो गर्नु भनेको मानवअधिकारको हनन् गर्नु हो बताउनुहँदै इलाका प्रहरी कार्यालय नरहाका सइलाई तुरुन्त घेरबार हटाउन र पीडितहरूको शान्ति सुरक्षा गर्न उहाँले निर्देशन दिनुभयो ।
त्यसैगरी, राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेश प्रमुख सहनीले खेत व्यत्तिगत भए तापनि आलि तथा बाटोमा हिँड्न कसैले रोक लगाउन नपाउने बताउनु भयो । स्थानीय समुदायलाई आफनो सरसफाई तथा स्वास्थ्यलाई पनि ध्यानमा राखेर खुल्लामा शौच गर्नु भन्दा शौचालयको व्यवस्था गर्नुपर्ने र व्यवस्था गर्न नसक्नेले स्थानीय सरकारसँग सो को माग गर्नुको साथै सोही वडाका वडा अध्यक्ष अशोक महतोलाई सार्वजनिक शौचालयको व्यवस्था गर्न आग्रह गर्नु भयो । वडा अध्यक्ष महतोले यसै आर्थिक वर्षमा सार्वजनिक शौचालय बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले कसैले पनि सार्वजनिक बाटोमा हिँड्डुल गर्नबाट रोक लगाउने गरी घेरबार गर्ने कार्य गर्न पाउदैन र यो कानुन विपरित कार्य भएको बताउनु भयो ।
यसैगरी, संयुक्त अनुगमन टोलीले जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी रमेश पण्डितसँग भेटघाट गरी घटना बारे जानकारी लिनु भयो । भेटघाटको क्रममा एसपी पण्डितले जिल्ला प्रहरी कार्यालयमा पीडितहरू असोज १३ गते ठाडो उजुरी लिएर आउनु भएको थियो । जग्गा साँध सिमानाको घटना भएकोले न्यायीक समितिमा पठाएको र शान्ति सुरक्षाको लागि स्थानीय प्रहरीलाई निर्देशन दिएको बताउनु भयो ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…