माओवादी र काङ्ग्रेस कार्यकर्ताबीच झडप ६ जना घाइते

  ०७९ वैशाख २२ गते

नेकपा माओवादी केन्द्रका कार्यकर्ता र नेपाली काङ्ग्रेसका कार्यकर्ता बीच त्रिवेणी गाउँपालिका–९ नुवाकोटमा ०७८ वैशाख २२ गते झडप हुँदा ६ जना काङ्ग्रेस कार्यकर्ता घाइते भएका छन् ।

चुनाव प्रचार प्रसार गर्न गइरहेका काङ्ग्रेसका त्रिवेणी गाउँपालिकाका अध्यक्ष पदका उम्मेद्वार अम्मरसिंह खड्का सहितको समूहलाई वाइसिएलका कार्यकर्ताले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी बिष्णु सोतीले जानकारी दिनुभयो ।

झडपमा घाइते हुनेमा नेपाली काङ्ग्रेसका कार्यकर्ता त्रिवेणी गाउँपालिका निवासी ३२ वर्षीय कृष्ण पुन, २८ वर्षीय वीरबहादुर ओली, १६ वर्षीय एक बालक, ४२ वर्षीय वीरबहादुर ओली, २५ वर्षीय अर्का वीरबहादुर ओली र ३० वर्षीय चन्द्रबहादुर खड्का रहेका छन्् । घाइते सबैजनाको जिल्ला अस्पताल सल्ले रुकुममा उपचार भइरहेको जिल्ला अस्पतालका डा. भिमकान्त जैसीले जानकारी दिनुभयो । घाइते सबैजना सामान्य रहेको उहाँको भनाई छ ।

झडपको क्रममा नुवाकोटको प्रहरी चौकी समेत तोडफोड भएको डिएसपी सोतीले जानकारी दिनुभयो । झडपको क्रममा काङ्ग्रेसका कार्यकर्ता सुरक्षाको लागि प्रहरी चौकीभित्र पसेको र त्यसक्रममा माओवादी केन्द्रका कार्यकर्ताले उनीहरूलाई चौकीभित्रै गएर कुटपिट गर्न खोज्दा चौकी तोडफोड भएको उहाँले जानकारी दिनुभयो ।

यसैक्रममा त्रिवेणी गाउँपालिकामा नेपाली काङ्ग्रेसका अध्यक्ष पदका उम्मेद्वार चढेको रा १ च १२६२ नम्बरको जीप माओवादी केन्द्रका कार्यकर्ताले तोडफोड गरेका छन् । काङ्ग्रेसका उम्मेदवारको जीप तोडफोडपछि काङ्ग्रेसका कार्यकर्ताले पनि माओवादी केन्द्रका वडाध्यक्षका उम्मेद्वार जनक बिक र स्थानीय नेता चुडामणी बस्नेतको मोटरसाइकल तोडफोड गरेको, केराका बोटहरू काटिदिएको माओवादी केन्द्रले आरोप लगाएको छ । घटनाबारे अनुसन्धानको लागि इन्स्पेक्टर राजिव श्रेष्ठको टोली घटनास्थलतर्फ गएको र जिल्ला प्रहरी कार्यालयमा अँझैपनि घटनामा संलग्नहरूको पुरा विवरण नआएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी बिष्णु सोतीले जानकारी दिनुभयो ।
RukumWest_Photo2022-05-05 Rukum west_Photo2022-05-05


मनिषा केसी